२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रीहरुलाई सोमबार बिहान ११ बजे शपथग्रहण गराउने

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आइतबार साँझ ५ बजे सकिदैछ ।

राष्ट्रपतिको आह्वानबमोजिम कांग्रेस र एमालेको समर्थनमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । शितलनिवास स्रोतका अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।

प्रधानमन्त्रीको शपथग्रहण भने सोमबार बिहान ११ बजेमात्रै हुने भएको छ । ‘प्रधानमन्त्री र मन्त्रीहरुको समेत सोमबार बिहान ११ बजे शपथग्रहण कार्यक्रमको तयारी भएको छ,’ शितलनिवास स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे हुने शपथग्रहण समारोहका लागि सम्बन्धित सबैलाई निमन्त्रणा समेत गरिसकेको छ ।

प्रधानमन्त्रीको शपथ लिएपछि ओलीले तत्काल एमाले र कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् । मन्त्री र मन्त्रालय भागबण्डाका विषयमा दलहरुबीच छलफल चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]