दाङ । घोराही उपमहानगरपालिका १८ स्थित रझेनामा डेरागरी बस्ने प्यूठान माण्डबी गाउँपालिका २ मर्काबाङका १५ वर्षीय बालक किरण पुन मृत फेला परेका छन ।
आइतबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा घोराही- १८ स्थित गिठेपानी ड्याममा डुबेर बेपत्ता भएका बालकलाई
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगन्ज बाट आएको गोताखोरको टोलीले राती १० बजे मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।