बाँके । नेपालगंज उपमहानगरपालिका
१५ ईलाका प्रहरी कार्यालय जमुनाह प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र बमको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको कोहलपुर न.पा. १५ बस्ने छोटेलाल थारुले चलाएको भे.१० प २२५८ नंम्बरको मोटरसाईकल रोकि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा
पछाडि बस्ने सवार ऐ.ऐ. बस्ने भुन्सी थारुले प्लाष्टिक भीत्र Vocet नामक औषधी १००० ट्याबलेट र Nimesulide Tablets नामक औषधी १००० ट्याबलेट लुकाई-छिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज बाँकेमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।