२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

मुस्लिमहरुको मोहर्रम पर्वको अवसरमा बाँके जिल्लाको सुरक्षामा खटिए सुरक्षा प्रमुखहरु रातभर 

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०१, २०८१

 

बाँके । इस्लाम धर्मावलम्वीले दस दिनसम्म मनाउने मोहर्रम पर्व बाँकेमा धुमधामका साथ मनाउने क्रम जारी छ । सो पर्वको अवसरमा हरेक रात इस्लाम धर्मका प्रवर्तकको नाममा जुलुसहरू निस्कने गरेका छन् । बुधवार अपराह्न अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्ति, सुरक्षासँगै सामाजिक सद्भावका लागि शान्ति सद्भाव समिति पनि दिनरात काम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्र्वाटर बागेश्वरी बाँकेबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अनलाईन खोजखबरलाई जानकारी दिए ।

मुस्लिम धर्मावलम्बीको महान पर्व मोहर्रमको आज आठौं दिन ऐतिहासिक जुलुस निकालिएको छ । आज सोमवार राति ११ बजे नेपालगन्जको फुल्टेक्रा, भट्टा टोल, धम्बोजी र एकलैनीबाट आठवाँ जुलुस निस्केको धम्बोजी मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हल्वाई (हिमालय) ले जानकारी दिए ।
चारै ठाँउबाट निस्केको जुलुस त्रिभुवन चोकमा एकिकृत भई अगाडी बढेको थियो । वडा प्रहरी कार्यालयको सामुन्ने परम्परा अनुसार हुँदै आएको जन्जीरी महतम र गौसिया मस्जिद स्थित चोकमा आगको महतम तथा लाठि कला प्रदर्शन गरिएको उनले बताए । बाँकेको बिभिन्न ठाँउ र भारतबाट समेत जुलुसमा सहभागी भएका थिए । जुलुसमा दश हजार भन्दा बढिको सहभागिता रहेको अध्यक्ष हल्वाईले बताए ।इस्लाम धर्मावलम्वीको पवित्र पर्व मोहर्रमलाई सभ्य र ब्यवस्थित बनाउन आफूले सक्दो सहयोग गरिरहेको उनको भनाई छ । उनले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नेपालगन्जलाई सद्भावको सहरको रुपमा चिनाउने गरेको छ । अन्य पर्व जस्तै मोहर्रमलाई पनि सभ्य, भब्य र ब्यवस्थित बनाउन हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’

मोहर्रमलाई ब्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँके सक्रिय भएर लागेका छन् । बाँके प्रशासनले विज्ञप्ति जारी गरि शान्तिपूर्ण रुपमा मोहर्रम मनाउन र हातहतियार प्रदर्शन नगर्न सचेत गराएको छ । लाठी, हातहतियार प्रदर्शन गरि सामाजिक एवम् धार्मिक द्वेष फैलाए कानून बमोजिम कारवाही गर्ने समेत जनाएको छ ।

मोहर्रमलाई ब्यवस्थित, मर्यादित र शान्त बनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफै फिल्डमा खटिएका छन् । सोमवार राती भएको जुलुस कार्यक्रममा एसपी कार्की आफै खटिएर सुरक्षा ब्यवस्था मिलाएको मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष समेत रहेका धार्मिक, सामाजिक सद्भाव समितिका संयोजक फिरोज हल्वाई वारसीले बताए । ‘एसपी साव आफै फिल्डमा खटिएको देख्दा खुसी लाग्यो,’ उनले भने । मोहर्रमलाई ब्यवस्थित बनाउने विषयमा बाँकेका विभिन्न धर्मका अगुवाहरुले प्रतिवद्धता जनाएका छन् । विभिन्न धर्मका अगुवाले मोहर्रम पर्वलाई सभ्य र भब्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सद्भाव समिति नेपालगन्जका संयोजक दीपक लोधले इस्लाम धर्मावलम्वीको पवित्र पर्व मोहर्रमलाई सभ्य र ब्यवस्थित बनाउन समितिले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘एकले अर्को धर्मको सम्मान गरेकै कारण नेपालगन्ज सद्भावको सहर भएको छ,’ उनले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नै सभ्य समाज निर्माण हुन्छ ।’ उनले अघिल्ला पर्व जस्तै मोहर्रमलाई पनि सभ्य र भब्य बनाउन सवैसँग अपिल गरेका छन् ।

मोहर्रम पर्बका अवसरमा नेपालगञ्जमा ड्रोन क्यामेरा मार्फत निगरानी भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । उनले नेपालगन्जमा भइरहेका हरेक गतिविधिको ड्रोन क्यामेरा मार्फत प्रहरीले वाच गरिरहेको बताए । ‘सम्वेदनशिल क्षेत्रको पहिचान गरि सुरक्षाकर्मी परिचालन गरिएको छ नै प्रहरीले ड्रोन क्यामेरा मार्फत निगरानी गरिरहेको छ,’ उनले भने, ‘कुनै गलत क्रियाकलाप भएको पाइए तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउँछौँ ।
इस्लामिक नयाँ वर्ष हिजरी संवत्को १–१० तारिखसम्म मोहर्रम मनाउने गरिन्छ । ‘मोहर्रमका अवसरमा इस्लाम धर्मावलम्वीले ९ तारीखका दिन ताजिया स्थापना गरिन्छ । उनले स्थापना गरिएका ताजियाको समेत ड्रोन क्यामेराले निगरानी गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!