२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

दाङमा बिपदबाट पीडित परिवारलाई ९ लाख बढी राहत वितरण गर्ने निर्णय

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०२, २०८१

 

दाङ । करिब डेढ महिनाको अवधिमा विपद्जन्य घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । साथै ५८ घरमा क्षति पुगेको छ। वर्षा सुरु भएसँगै जिल्लामा राप्ती नदी, बबई नदी लगायतका अन्य खोलाले बगाउँदा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् ।

जिल्लामा विपदबाट क्षति भएका परिवारलाई नौ लाखभन्दा बढी राहत वितरण गरिएको छ । विपद् कोषबाट जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोसँगै वर्षाका कारण घर भत्किएका पीडित परिवारलाई नौ लाख ६२ हजार सात सय ९० रुपियाँ राहत प्रदान गरिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

जसअन्तर्गत घोराही उपमहानगरपालिका २२ घर परिवारलाई दुई लाख ८० हजार सात सय ९० रुपियाँ, तुलसीपुर उपमहानगरपालिकामा २१ घर परिवारलाई चार लाख ८५ हजार, राजपुर गाउँपालिकामा पाँच घरलाई ७० हजार, दंगीशरण गाउँपालिकामा तीन घरलाई ४५ हजार रुपियाँ प्रदान गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका खरदार शम्भु आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार बबई गाउँपालिकामा तीन घरलाई ३७ हजार, राप्ती गाउँपालिका, बङ्गलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिकामा पीडित १÷१ घरलाई १५-१५ हजार रुपियाँका दरले राहत प्रदान गरिएको छ ।

त्यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष मनसुन सुरु भएसँगै जिल्लामा विपद्जन्य घट्नाबाट धनजनको क्षति भएको र क्षति भएका व्यक्ति वा परिवारलाई राहत वितरण गर्न जिल्ला विपद् कोषमा न्यून रकम भएकाले राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौंसँग ५० लाख रुपियाँ माग गर्ने निर्णय गरेको छ । विपदमा परेर क्षतिको भौतिक संरचनाको मूल्याङ्कनको आधारमा राहत प्रदान गर्ने गरिएको केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!