२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सबैलाई एउटा प्रश्न मनमा उब्जिएको एउटा प्रश्न मात्र : शंकर पान्देय

Logo
Abc Sanchar प्रकाशित आइतबार, भाद्र ०२, २०८१

 

दाङ । देउखुरी गढवा जनताको पुर्ण लगानिमा निर्मित, गढवा र लमही क्षेत्रकै एउटा महत्वपुर्ण संरचना,* राप्ती नदि शबदाह प्रतीक्षालय * जहाँ यस क्षेत्रका सब्बै सम्प्रदाय को “शब” बिसर्जन गर्ने गरिन्छ ।

तर २०७४ सालमा निर्मित उक्त संरचनाको आज सम्म न कुनै स्थानीय सरकार , जनप्रतिनिधी , अभिभावकहरुले सरक्षण- ब्यवस्थापनमा एक मोहर लगानी गरे , न कसैले यो समाजको अपरिहार्य सम्पती हो भनेर स्वामित्व ग्रहण नै गरे!

आज बर्षात को समयमा जलिरहेको शबलाइ शोला सहितै बाढिले बगाएको , जलिरहेको लाशलाइ शोला सहित उक्त ठाउबाट तीन पटक स्थानान्त्रण गर्नु परेको , बिच बगरमा टिनको छानो लगाएर जलाउन बाध्य भएको अवस्थाबाट को नै अनभिज्ञ छौ र ? तर पनि हाम्रा प्रतिनिधि , समाजसेबी, नेतृतब बर्ग कुन बिकास, र कुन सभ्यताको खोजिमा भौतारिरहेका छौ ?

के हामिले मृत्यु वरण नै गर्नु न पर्ने हो र ?
आज मात्रै कसैको शब दहन गर्ने अवस्था आइलागे , जलाउने ठाउँ छैन , राप्तिको बगर भरि बाढिले ढपक्कै ढाकेको छ , मलामी र किरिया पुत्रीले ओत लाग्ने ठाउ छैन , पिउने पानी छैन , शौचालय छैन , पर्याप्त दाउरा छैन, हुनै पर्ने धेरै कुरा छैनन ।
के हामिले एता ध्यान दिनु पर्दैन र ? कि यता तिर लगानी गर्नुलाइ आज भोलि बिकास मानिदैन र ?

कहिले काहीँ त एकै दिनमा अवधी – थारु – पहाडी सम्प्रदायका ३/४ वटा लाशहरु “दहन” गरिने उक्त समुदायको धार्मिक, सामाजिक सम्पदालाई हामिले संरक्षण ब्यवस्थापन गर्नु हाम्रो दायित्व भित्र अवस्य पर्छहोला तेसैले अबिलम्ब यस्को ब्यवस्थापनमा जोड दिन सब्बैमा निबेदन छ ।
शुभ बिहानिमा उब्जिएको एउटा प्रश्न मात्र

,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]