२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गृह मन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको आकस्मिक छड्के अनुगमन

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०९, २०८१

 

काठमाडौं । अनुगमनका क्रममा उनले सेवाप्रवाहको स्थिति, कर्मचारीहरूको कार्यसम्पादन र नागरिकहरूको अनुभवबारे प्रत्यक्ष जानकारी लिएका छन्।

गृह मन्त्री रमेश लेखकले कार्यालय प्रमुख, प्रहरी अधिकारीहरू र अन्य सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गर्दै अध्यागमन प्रक्रियामा देखिएका समस्या, सुधारका सम्भावना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायबारे जानकारी लिएको बताइएको छ।

सचिव गोकर्णमणि दुवाडीको समेत सहभागितामा सम्पन्न यो अनुगमनले त्रिभुवन विमानस्थलको अध्यागमन सेवामा देखिएका बिचलन, ढिलासुस्ती र समग्र व्यवस्थापन सुधारबारे केही कुराहरु भएको बताइएको छ । गृहमन्त्री लेखकले अनुगमनको क्रममा उपस्थित कर्मचारीहरूलाई यात्रुहरूलाई थप प्रभावकारी सेवा प्रदान गर्न र सम्पूर्ण प्रक्रियालाई सहज बनाउन आवश्यक सुधारका उपायहरू अविलम्ब लागू गर्न निर्देशन दिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

गृह मन्त्री लेखकको यो आकस्मिक अनुगमनले अध्यागमन कार्यालयका कर्मचारीहरूलाई चुस्त र जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउने विश्वास गरिएको छ।

विमानस्थलको अध्यागमन सेवामा लामो समयदेखि सेवाग्राहीहरूको गुनासो बढ्दो छ । यसअघि, एउटै मन्त्रालयअन्तर्गतका दुईवटा संगठन–अध्यागमन र प्रहरीबीच कुटाकुटको अवस्था समेत सिर्जना भएको थियो। तत्कालीन गृह सचिव तथा वर्तमान मुख्य सचिव एकनारायण अर्यालको सुधार योजना पछि क्रमिक रूपमा गुनासाहरू घट्दै जानुका साथै सेवाप्रवाहमा सुधार आएको थियो। साथै, प्रहरी र अध्यागमनका कर्मचारीहरूबीचको सम्बन्ध पनि विस्तारै समन्वयकारी बन्दै गएको थियो।

यद्यपि, विमानस्थलमा विभिन्न संघ–संस्थाहरूबीचको समन्वय अभावले चुनौतीहरू अझै बाँकी रहेको छ। दर्जनौं निकायहरूले एकै स्थानमा काम गर्दा एकले अर्कालाई चिन्नसमेत नसक्ने अवस्थाको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको कार्य सहज छैन। राजनीतिक तथा प्रशासनिक नेतृत्वको निरन्तर परिवर्तनले विमानस्थलको कार्यक्षमतामा नकारात्मक प्रभाव पर्ने गरेको अधिकारीहरू बताउँदै आएका छन् । त्यससँगै कर्मचारी खटनपटनबाट पनि कतिपय अवस्थामा कस्तो खालको सुधार खोजिएको हो भन्नेसम्म प्रश्नहरु उठ्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।