२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरी घाईते

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०९, २०८१

दाङ । मंगलबार अपरान्ह् साँढे ३ बजेतिर चट्याङमा परि घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको मृत्यु भएको छ । एकैपरिवारका ३ जना मध्ये बालक समिरको मुत्यु भएको हो भने आमा ४२ बर्षिया निमकली साहु र छोरी ६ बर्षिया सविना साहु भने घाईते हुनुभएको छ । ढुङगा माटोले बनको,जस्तापाताले छाएको १ कोठे कच्ची घरमा हिजो मंगलबार अपरान्ह् चट्याङ परेको थियो । चट्याङ लागेर गम्भीर घाईते भएका ३ जना आमा छाेरा छोरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पुर्याइएको थियो । उपचारका क्रममा समिरको आज बुधबार बिहान साँढे ८ बजेतिर मृत्यु भएको हो । भने आमा निमकली र छोरी सविनाको स्वास्थ्य अबस्था सुधार हुदै गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]