२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

संगठनप्रति कर्तव्यनिष्ठ भएर लागिपर्ने एसपी डांगी ७ दिनमा ५० लाखको राजस्व संकलन गर्न सफल

Logo
सागर थापा प्रकाशित बुधबार, आश्विन ०९, २०८१

बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले सिमा नाकामा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । सशस्त्र प्रहरीले बाँकेको ८४ किलोमिटर लामो सिमा नाकामा नियमितरुपमा गस्ती गर्दै कडा निगरानी बढाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणमा आएका सशस्त्र प्रहरी उपरीक्षक एसपी बिमल डांगीले बाँके जिल्लाका सबै स्थानहरुको सिमा नाकामा गएर अबलोकन गर्दै जिल्लामा रहेका सबै बीओपीका कमान्डरहरुलाई सिमा नाकामा हुने हरेक गतिविधिमा नजर गाड्न निर्देशन समेत दिएका छन् ।


सशस्त्र प्रहरी उपरीक्षक एसपी डांगीले सिमा नाकाको सुरक्षा तथा राजस्व संकलन, चोरी निकासी पैठारी नियन्त्रण, मानव तस्करी विरुद्ध लाग्न हरेक तह र तप्काका आफ्ना मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन जारी गरेका हुन् ।


सशस्त्र प्रहरी उपरीक्षक डांगीको कडा निर्देशन पश्चात बाँकेमा रहेका कटकुइँया, नरैनापुर, गंगापुर, खडैँचा, कालाबन्जार, जमुनाह, जयसपुर र बढैया गरी सबै बीओपीहरु सिमा नाका कडारुपमा प्रस्तुत हुँदै आएका छन् । सशस्त्र प्रहरी उपरीक्षक डांगी आउनु अघि सिमा नाकामा सशस्त्र प्रहरीले कडाई नगरेको भने होइन, तर एसपी डांगी आफैंमा कडा खालका सशस्त्र प्रहरी अधिकृत भएका कारण र आफ्नो स्वभाव अनुरुप कार्य गर्न रुचाउने भएका कारण सिमा नाकामा झनै कडाई गर्दै सिमा नाकाबाट हुने तस्करी नियन्त्रण तथा राजस्व संकलन, अपराध निर्मूल पार्ने कार्यलाई उहाँले पहिलो प्राथमिकतामा राखेका छन् ।

चोरी तस्करी नियन्त्रणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी उपरीक्षक डांगीले कोही पनि व्यक्तिलाई चोर नाकाबाट नभएर मुख्य सिमा नाकाबाट आवतजावत गराउन आफ्ना मातहतका बिओपी कमान्डरलाई निर्देशन समेत दिएका छन् ।


सशस्त्र प्रहरी बाँकेको कमान्ड सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक डांगीले एक हप्तामा करिब ५० लाख बराबरको राजस्व संकलन गर्न समेत सफल भइसकेका छन् । एसपी डांगी
आएयता लाखौं रुपैयाँका लत्ताकपडा, लाखौं रुपैयाँका विभिन्न इलेक्ट्रिकल सामाग्री, पशुजन्य बस्तु, हार्डवयरका सामाग्री, गरगहना, तस्करीमा प्रयोग गरिएका सवारी साधन, विभिन्न खाले समान लगायतका सामाग्रीहरु धमाधम बरामद गरिएका छन् ।


संगठनप्रति कर्तव्यनिष्ठ भएर लागिपर्ने सशस्त्र प्रहरी उपरीक्षक डांगीले तस्करीप्रति कुनै सम्झौता नहुने बताउँदै ७ दिनमा ५० लाख बराबरको अबैध तस्करीको समान पक्राउ गरि भन्सार बुझाउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]