२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सामाजिक सञ्जालमा चर्को आलोचना पछी कलाकार केदार घिमिरे माग्ने बुढाले माफी मागे

Logo
Abc Sanchar प्रकाशित आइतबार, आश्विन २७, २०८१

 

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका लागि माफी मागेका छन् । सामाजिक सञ्जालमा आलोचना भएपछि उनले आफ्नो चलचित्र ‘छक्का पञ्जा ५’ विरुद्ध साइबर सेना प्रयोग भएको अभिव्यक्ति दिएका थिए ।

उनले  परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,

‘एक कार्यक्रममा आवेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु । —– आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको छु । बुवाले सोध्नुभयो “फिलिम कस्तो चल्या छ ? यसपाला म हेर्न जान सक्या छैन” । मैले भनेँ फिलिम राम्रो चल्या छ तर मान्छेले मलाई गाली गर्दै छन्  बुवा। अचम्म मान्दै बुवाले सोध्नुभयो  किन ? के भन्छन् ? मैले भनेँ “साइबर सेना किन भनिस् ? भन्छन्। बुबाले  भन्नुभो  “सानु बन्न पर्च जहाँ पनि अटाइन्छ, ठुलो हुँदा कतै छिरिँदैन” ‘अर्काको बारेमा हत्तपत्त मुख खोल्नु हुँदैन’  मरेर लानु केही छैन,सबैको प्यारो बन्न पर्च।  बस् बुवा बाट पुन ऊर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला। धन्यवाद।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]