१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

दाङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ट्याक्टर चालक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १०, २०८१

 

दाङ । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक लमही नगरपालिका-४ भैसकुमराका ३१ वर्षिय हेमन्त चौधरीको मृत्यु भएको हो ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार चौधरीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-७ नयाँ वस्तीमा ट्याक्टरले ठक्कर दिएको हो । सतबरियाबाट लमहीतर्फ आउँदै गरेको लु ३१ प ४१५४ नम्बरको मोटरसाइकललाई भे १ त ४१५६ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक लमही-७ का ४२ वर्षिय शोभाराम चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]