२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

बाँकेमा सशस्त्र प्रहरी बल,बिन्ध्याबासिनी बाहिनीद्वारा विविध विषयमा अन्तरक्रिया

Logo
सागर थापा प्रकाशित शनिबार, कार्तिक १०, २०८१

 

बाँके । सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा नेपालगंज उ.म.न.पा.१६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको ICP भवनमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुरुप लुम्बिनी प्रदेश अन्तर्गत रहेका

बाँके र बर्दिया जिल्लाका अन्तराष्ट्रिय सीमा संग जोडिएका स्थानिय निकायका वडाका वडा अध्यक्षहरु संग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधिक गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अभिबृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रण, सशस्त्र प्रहरी बल, नेपाल संग सीमाबासीले राखेको अपेक्षा, सीमा निगरानि तथा सहजिकरण लगायत सशस्त्र प्रहरी बल, नेपाल र स्थानिय तहहरु बिच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हे.क्वा.बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगी, नं.३१ गण हे.क्वा.बर्दियाका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ति वडाका सम्पुर्ण वडा अध्यक्षहरु, लगाएत बाँके र बर्दिया जिल्ला स्थित रहेका सशस्त्र प्रहरी बल नेपालका सम्पुर्ण प्रस्ताबित सीमा सुरक्षा गुल्म, बिओपि, FOB पतिहरु समेतको उपस्थित रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!