२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पाँच क्वीन्टल गाँजा सिरहा प्रहरीले नष्ट गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ११, २०८१

 

सिरहा । इलाका प्रहरी कार्यालय, मिर्चैयाले आइतबार पाँच क्वीन्टल ७ किलो गाँजा नष्ट गरेको हो ।

मिर्चैया प्रहरीले भदौ २१ र २३ गते ३३ वटा पोकामा रहेको उक्त गाँजा कर्जन्हा नगरपालिका-११ स्कुल टोलबाट बरामद गरेको थियो । यससँगै प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको थियो ।

आइतबार सोही गाँजा प्रहरीले मिर्चैया नगरपालिका-७ स्थित जीवा खोलामा जलाएर नष्ट गरेको हो । अदालत, जिल्ला प्रशासन र स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा कानुनी प्रक्रिया पुर्‍याएर गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यस प्रकरणको अनुसन्धान भने जारी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक धिरजकुमार पटेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]