दाङ । भालुवाङमा जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छ्न । प्युठान बडडाडा घर भएका प्रहरी जवान मगरलाइ भालुबाङ्गमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । गन्जी र टिसर्टको पासो लगाएर सौचालयमा झुन्डिएको अबस्थामा आज बिहान ५ बजे शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी ईश्वर थापाले जानकारी दिएका छन ।