१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

कांग्रेसलाई भ्रममा राख्दै नेकपा एमाले बलियो बनाउन लागेको आरोप, माधव कुमार नेपाल

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक १२, २०८१

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको आरोप लगाए ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसअघि सरकारले आवश्यकताका लागि अध्यादेश ल्याएको दावी गरे । ‘अहिले आवश्यकता भन्दा पनि पूर्वाग्रहका साथ ल्याउन लागिएको हो,’ नेपालले थपे, ‘उबेला पार्टीभित्रको ठूलो हिस्सा अन्यायमा परेको थियो। जनता सडकमा उत्रिएका थिए। त्यस बेला न्याय चाहिएको थियो । अहिले कुनै बाध्यता छैन । स्थिति छैन । तर, सरकारलाई समाजवादी पार्टी फुटाउनु छ ।’

नेपालको राजनीति र नेपालको मौसम उस्ताउस्तै रहेको टिप्पणी गर्दै उनले पूर्वानुमान गर्नै नसकिने बताए । ‘जनताको पीडा सम्बोधन र समाधानमा सरकार इमानदारीका साथ लागेन,’ उनले थपे, ‘विपद्मा पनि सरकार देखिएन ।’ जनप्रतिनिधि निवास, सरकारी भवन निर्माणमा नै केन्द्रित रहेको उनको भनाइ थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत १६ वटा विमानस्थल, भ्युटावर, गाउँपालिका–नगरपालिका र वडाका भवन, पालिकाभित्रका अस्पताललगायतमा अनावश्यक लगानी भएको उनले बताएका छन् ।

समाजवादी यात्रा गर्दा राोजगारी, सुशासन, उत्पादन, देशका परियोजना विचार पुर्‍याइ तय गर्ने, बजारको व्यवस्थापन र मूल्यांकन गर्ने बताउँदै नेपालले माओवादीसँग एकताको सम्भावना रहेको र एमालेसँग कल्पना नै गर्न नसकिने उनको भनाइ थियो । सहकारीपीडितका मुद्दालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । नजिकिँदै गरेको उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]