१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

चार्डपर्वलाई मर्यादित र शान्तिपूर्ण बातावरणमा सम्पन्न गर्न बाँके ट्राफिक प्रहरीको चेकजाँचमा कडाइ,

Logo
सागर थापा प्रकाशित सोमबार, कार्तिक १२, २०८१

 

बाँके । जिल्लाका विभिन्न संवेदनशील क्षेत्रको पहिचान गरि सोही अनुसार नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेर चेकजाँचलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।तिहार र छठ पर्व मनाउन आउने र जाने सर्वसाधारणको सुरक्षालाई मध्यनजर गरि जिल्लाको तीन ठाउँमा सहायता कक्ष (हेल्प डेस्क) संचालनमा ल्याएको बताए । ‘सर्वसाधारण यात्रुलाई सुरक्षित रुपमा गन्तब्यसम्म पुर्याउन र लुटिन तथा ठगिनबाट जोगाउन यात्रुको बढि चाप हुने ठाउँमा हेल्प डेस्क संचालनमा ल्याइएको छ,।

उनका अनुसार, नेपालगन्जको जमुनाहा नाका, बस पार्क र कोहलपुरस्थित बस पार्कमा हेल्प डेस्क संचालनमा ल्याइएको छ । तिहारलाई लक्षित गरि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएको बताए । ‘संवेदनशील ठाउँमा निगरानी बढाउन र कुनै घटना घटेको खवर पाउने वित्तिकै १५ मिनेटमा प्रहरी पुग्ने ब्यवस्था मिलाइएको छ,’ उनले भने, तिहारका बेला चोरी बढ्ने भएकोले यो अवधिभर पैदल र गाडीबाट गस्ती गर्ने ब्यवस्था मिलाएका छौँ ।

प्रहरीसँगै तालिम प्राप्त कुकुरबाट पनि चेकजाँच भइरहेको उनको भनाई छ । ‘जमुनाहा नाका र राँझा एयरपोर्टमा तालिम प्राप्त कुकुरबाट जाँच भइरहेको छ,’ उनले भने, ‘उछृंखल गतिविधि गर्ने समुह र ब्यक्तिको पहिचान गरि निगरानी गरिरहेका छौँ । तिहार र छठलाई मर्यादित बनाउन र शान्त बातावरणमा सम्पन्न गर्न हरसम्भवको प्रयास जारी राखेका छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]