१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

नेपाल प्रहरीमा दुई डीआईजी र एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य सुरु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १२, २०८१

 

काठमाडौं । स्रोतका अनुसार बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्वय बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई बढुवा सिफारिस गर्ने तयारी छ।तर शक्तिकेन्द्रको चलखेलबाट डीआईजी केदार प्रसाद ढकालले पनि बढुवाका लागि कसरत गरिरहेका छन्।

गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने चन्द कोशी प्रदेश प्रहरी कार्यालको प्रमुख छन्। यस्तै हेडक्वाटरको प्रवन्ध महाशाखा हेर्ने ढकाल भने ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छ्न्।

यस्तै एसएसपीबाट डीआईजीमा पनि बढुवाको तयारी थालिएकोमा २० प्रहरी उपरीक्षक (एसपी)को पनि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको तयारी जारी छ।

एआइजी, डिआइजी र एसएसपीमा एकैपटक बढुवा निकाल्ने प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच छलफल चलिरहेको जनाइएको छ।

दुई एआइजी, सात डिआइजी, २० एसएसपी तथा ३२ एसपी पदमा बढुवा प्रक्रिया अघि बढेको बताइन्छ। बढुवाको तयारी थालिएसँगै प्रतिस्पर्धा पनि चर्को देखिन्छ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर १८ कात्तिकमा इन्टरपोलको सम्मेलनमा भाग लिन बेलायत जाँदै छन्। सहमति जुटेमा त्यसअघि नै एआईजी, डीआईजी, एसएसपी तथा एसपीसम्म बढुवा गर्ने तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]