१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

नेपालगन्जबाट प्रहरी सहायक निरीक्षक सुनिल शाहीको कमान्डमा १२ जना जुवाडे ८५ हजार ७९५ रुपैयाँसहित पक्राउ

Logo
सागर थापा प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

 

बाँके । नेपालगन्ज उपहानगरपालिका ४ वसपार्कस्थित कर्णाली होटलबाट १२ जना जुवाडेसहित खालबाट ८५ हजार ७९५ रुपैयाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार होटेल संचालक मानबहादुर सिंजापतिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक सुनिल शाहीको कमाण्डमा खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

होटलमा जुवातास भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलिले होटलको माथिल्लो तलामा उनीहरु जुवा खेलिरहेको भेटेको हो । बाँकेमा तिहार पर्व नजिकिएसँगै जुवाडेहरु धमाधम पक्राउ परिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]