१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरियो,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

कैलाली । टीकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टीकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमकाे 9N ABU नं र तारा एयरको 9N/AEV नं को विमान परीक्षण उडान गरिएको हो।

संस्कृति प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ । स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए । तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल शुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो ।

झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ । परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]