२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बुटवलबाट प्रहरीले २९ तोला अवैध सुनसहित दुई जनालाई पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

 

बुटवल । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा सोमबार राति खानतलासी गर्दा सुन बरामद भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बुटवल प्रहरी प्रमुख डिएसपी विजयराज पण्डितले राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गरिएको बताए ।

उनका अनुसार बसका कण्डक्टर कपिलवस्तु वाणगंगा नगरपालिका-८ का  ३३ वर्षीय अकबर अलि मिया सुनसहित पक्राउ परेका छन् ।

मियाले दायाँ खुट्टाको जुत्ताभित्र लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई टुक्रा सुन लुकाएर ल्याएका थिए ।

प्रहरीले अर्घाखाँची सुनचादी पसलका सञ्चालक सन्तोष सुनारलाई पनि पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]