१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

तिहार र छठ पर्वमा भारतीय बजारमा किनमेल गर्न भिड नेपालीहरु महँगो भारु पैसा साट्न बाध्य

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक १६, २०८१

 

पर्सा । वीरगञ्ज नजिकैको भारतीय बजार रक्सौलमा अहिले नेपालीहरू चाडबाडका लागि आवश्यक सामग्री किन्न पुगेका छन्, तर भारु नहुँदा उच्च दरमा कमिशन तिरेर सामान किन्न बाध्य छन्।

नेपाली ग्राहकले भारु नपाएको अवस्थामा एक सय भारुका लागि १६६ देखि १६८ नेपाली रुपैयाँ तिर्नुपरेको वीरगञ्ज महानगरपालिका–१० निवासी धर्मनाथ सर्राफले जानकारी गराए।

भारतीय व्यापारीहरूले नेपाली रुपैयाँ लिएर कारोबार गर्दा सयकडा ६ प्रतिशतसम्म कमिशन थपेको ग्राहक दीपक सर्राफले बताए। उनले भने, “भारतीय व्यापारीहरूले सामान खरिद गर्दा भारु एक सयको बदलामा नेरू एक सय ६६ देखि बढीमा १६८ रुपैयाँसम्म माग्छन्।”

वीरगञ्जबाट खाद्यवस्तु र कपडा किन्न गएकी मोनरमाले पनि भारतीय व्यापारीले नेरू एक हजारका बदला भारु ६०० मात्र दिएर कारोबार गरेको बताइन्। यस्तै, रानीघाटका संजिव थापा रक्सौल गएका वैद्यनाथ चौधरीले पनि नेरू एक हजारमा भारु ६०० पाएका थिए।

भारतीय बजारमा भारु अभावका कारण नेपाली ग्राहकले बढी दर तिर्नुपरेको देखिएको छ। सुन तस्करी र हुण्डीका कारण सीमाक्षेत्रमा भारुको अभावले कमिशन दर उच्च भएको स्थानीय व्यापारीले बताए। कुनै–कुनै ठाउँमा कमिशन दर सातदेखि आठ प्रतिशतसम्म पुगेको उनीहरूले जनाएका छन्।

वीरगञ्जका ग्राहकलाई भारतीय बजारमा सामान सस्तो लागे पनि कमिशनका कारण महँगो परिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]