१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

नवलपरासीको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा नेपाल प्रवेश स्थानीयद्वारा घेराउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १७, २०८१

 

नवलपरासी । सुस्ताका दुईजना नेपालीलाई समात्न उनीहरु गाडीसहित आएका हुन् । भारतीय हतियारधारी सशस्त्र बन रक्षकको टोली छिरेर दुईजना नेपालीलाई पक्राउ गर्न शुक्रबार दिउँसो आएका हुन् ।

तर, भारतीय सुरक्षाकर्मी नेपाल छिरेको थाहा पाएपछि स्थानीयले घेरा हालेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई खबर गरेका थिए । केहीबेरमै भारतीय हतियारी सुरक्षाकर्मीलाई सशस्त्रले नियन्त्रणमा लिएर भारततिरै पठाइदिएको हो ।

सशस्त्रले नियन्त्रणमा लिएपछि भने भारतीय सुरक्षाकर्मीहरुले आफूहरु सशस्त्र वनरक्षक भएको र गस्ती गर्ने क्रममा बाटो भुलेर नेपाल तर्फ आउन पुगेको भन्दै उम्किएका थिए । सामान्य केरकारपछि प्रहरीले उनीहरुलाई भारततिरै पठाइदिएको छ । भारतीय सुरक्षाकर्मीहरु हतियारसहित नेपाली बस्तीमा छिरेपछि सुस्ताबासी त्रसित बनेका छन् शुक्रबार दिउँसो साढे ३ बजे बिआर २२ बिजे ४४१६ नम्बरको जिपमा उनीहरु आएका थिए ।

सुस्ताका स्थानीय बासिन्दाका अनुसार उनीहरु हतियारसहित गाडीमा ५ जना आएका थिए । भारतीय भूभाग हुँदै बिना अनुमति सोझै हतियारसहित सुस्ता आएका थिए । यसरी गैरकानुनी रुपमा प्रवेश गर्दा नेपाली सुरक्षाकर्मीहरु भने बेखबर बनेका थिए । स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएपछि मात्रै प्रहरी र सशस्त्रले थाहा पाएका थिए । भारतीय सुरक्षाकर्मी छिरेको देखेपछि सुस्ताका स्थानीयले नाराबाजी गरेका थिए ।

स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीहरु सुस्ताका नेपाली नागरिक दुखी यादव र हिरामन तुरहालाई पक्राउ गर्न आएको तर स्थानीयले प्रतिकार गरेपछि उनीहरुको योजना विफल भएको थियो । सुस्तामा अरु बेला पनि भारतीय सशस्त्र सीमा बललगायत सुरक्षाकर्मीबाट लुटिने, कुटिने, दुर्व्यवहारजस्ता घटना हुँदै आएका छन् ।

सुस्तावासीलाई सीमा हुँदै आउजाउ गर्दा चेकजाँचका नाममा दुःख दिने गरेको भन्दै विरोध हुने गरेको छ । यसरी विरोध गर्नेहरुलाई भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार गर्ने गरेका छन् ।

सुस्ताबासीलाई समान्य किनमेलकालागि पनि भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ । दैनिक घरायसी सामान किनमेल गर्न जाँदापनि भारतीय सुरक्षाकर्मीले हरेक पटक हुने जाचमा दुःख दिने गरेका एक स्थानीयले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]