१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

दाङ प्रहरीले चार्डपर्वलाई लक्षित गर्दै २२ बुदै सुरक्षा योजना सार्वजनिक

Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

  • सागर थापा

असोज ११, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले नेपालीहरुको महान पर्वहरु दसैं,तिहार र छठ पर्वलाई मध्येनजरगर्दै जनहितमा २२ बुँदे अनुरोध जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक बस सेवाको टिकटमा कृत्रिम अभाव नगर्न, बढि भाडा असुल्ने तथा ओभरलोड नगर्न, उमेर अनुसार बसमा व्यवहारगर्न, मापासे गरी सवारी नचलाउन, यात्रुहरु आफै पनि सजग हुन आग्रह गरेको छ ।

असोज ९ गते जारी जनहितमा यात्रा गर्दा जंगली क्षेत्रमा सवारी नरोक्न, प्रहरीको सहयोग लिन, आफ्नो अवस्था बारे सामाजिक संजालमा सार्वजनिक नगर्न, घरको झ्याल ढोका राम्रोसंग बन्दगर्न, होटलमा बास बस्दा सजगता अपनाउन, आर्थीक कारोबार गर्दा सुरक्षित तवरवाट गर्न, बजारमा कृत्रिम अभाव, कालो बजारी, मिसावट नगर्न व्यपारीक व्यापारीहरुलाई आग्रह समेत जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक अपिल गरेको छ ।

प्रहरीले जारी गरेको अपिलमा चन्दा असुली, मादक पदार्थ सेवनगरी हुलहुज्ज्त नगर्न, लाउड स्पिकर बजाई ध्वनि प्रदुषण नगर्न, केही परे प्रहरी लाई खबर गर्न, जुवा तथा जुवा जन्य खेलहरु नखेलाउन, लागु औषध प्रयोग नगर्नहुन, आतिसबाजी नगर्न, महंगा गरगहनाहरु प्रदर्शन नगर्न, बैङ्किङ्ग कारोबारमा सुरक्षा, अपनाउन र कुनै घटना घटेमा वा घट्न सक्ने संभावना भएमा प्रहरी कन्ट्रोल १०० नम्बर वा ९८५७८९०१०१ मा फोन गर्न समेत सर्व साधारणहरुमा सार्वजनिक अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको पनि जानकारी दिए । विभागबाट प्राप्त विवरणअनुसार […]

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूह अन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो। प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ। बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित […]

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

error: Content is protected !!