२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

पोखरामा रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र समर्थकबीच झडपको स्थिति

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

 

पोखरा । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने विरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले आज मंगलबार पोखरामा प्रदर्शन गरेका छन् ।

पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता तथा कार्यकर्तासहितका समर्थकले सरकारले प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन् ।

सो क्रममा रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र समर्थकबीच घम्साघम्सी भएको छ भने प्रहरीले अश्रुग्याँस नै प्रहार गरेको छ । भिड निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जनाएको छ ।

कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई अनुसन्धाका लागि दुई पटक म्याद थप गरिसकेको छ । तर, आज पनि अहिले अदालतमा म्याद थपका लागि अदालत लगिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर उनको रिहाईको माग गर्दै सरकारमाथि दबाब बढाइरहेका हुन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाईको माग गर्दै रास्वपा समर्थनले लामिछाने पक्राउको भोलिपल्टैदेखि पोखरा र काठमाडौं केन्द्रीत विरोध प्रदर्शन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!