१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

सलमान खानलाई मङ्गलवार बिहान फेरि लरेन्सको नाममा धम्की आयो कडा सुरक्षा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

 

काठमाडौं । मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको सिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान लिने धम्की दिइएङ्को थियो ।

रिपोर्टका अनुसार मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुमले सोमबार राति (अक्टोबर ४) एक सन्देश प्राप्त गरेको थियो। मध्यरातमा एक अधिकारीले त्यो सन्देश प्राप्त गरेका थिए ।

म्यासेजमा लेखिएको थियो, ‘यदि सलमान खान बाँच्न चाहन्छन् भने हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नु पर्छ। हाम्रो गिरोह अझै सक्रिय छ ।’

लगातारको धम्कीका बिच सलमान

खान अहिले फिल्म सिकन्दरको सुटिङमा व्यस्त छन्। ज्यान मार्ने धम्कीका बिच अभिनेता फिल्मको सुटिङका ​​लागि हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा फर्किएका छन् ।

अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ । ताज फलकनुमा दरबारलाई आकर्षक बत्तीहरूले सजाइएको थियो ।

चलचित्रका टोली एक दिनअघि नै होटेल पुगेका थिए । सुटिङको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यही ठाउँमा सलमानकी बहिनी अर्पिता खानको विवाह भएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]