१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

 

पोखरा । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो।

यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए। उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो।  उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ७६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो। त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए।

उनको समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत, उच्च हुँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]