१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

अनुमति नलिएर जापान जादा कोशीका कानूनमन्त्री अधिकारीले पदबाट राजीनामा दिनु पर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २१, २०८१

 

काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिए अधिकारीले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

अधिकारी अनुमतिबिनै जापान भ्रमणमा गएपछि विवादमा तानिएका थिए । प्रदेशका मन्त्री र मुख्यमन्त्रीले विदेश भ्रमणमा जानुअघि संघीय सरकारको अनुमति लिनुपर्छ भने प्रदेश मन्त्रिपरिषले भ्रमण अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

अधिकारीले भने पारिवारिक भ्रमण भएकाले पूर्वस्वीकृति नलिएको दाबी गर्दै आएका थिए । टोकियोमा हुने सांस्कृतिक कार्यक्रमका लागि भन्दै जापान गएका उनी सो कार्यक्रममा सहभागी नै नभई फर्किएक थिए ।

यद्यपि राजीनामा पत्रमा भने अधिकारीले प्रक्रिया नपु¥याई जापान जानु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]