१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

सिरहामा बिष्णुको मदिरा तस्करी अपरम्पार प्रहरीकै अगाडि मदिरा तस्करी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २२, २०८१

 

लहान । यस्ता तस्कर, सबैका लागि सीमानाका बन्द भएपनि उसको लागि खुल्ला रहन्छ । जिल्लामा सिडिओ, प्रहरी प्रमुखहरू जोसुकै आउन् जाउन्, उनलाई मतलब हुँदैन । जस्तोसुकै परिस्थिति सिर्जना भएपनि उसको तस्करी रोकिँदैन । बिगत डेढ दशकदेखि निर्वाध रूपमा मदिरा तस्करीमा सक्रिय नाम हो– बिष्णु साह ।गमरियाका स्थायीबासी बिष्णुले यतिबेला भने नवराजपुर गाउँपालिकाको कुसुण्डी नाकाबाट हरेक रात मदिरा भारततर्फ निर्यात गरिरहेछन् । बिष्णुको मदिरा तस्करीलाई प्रहरी प्रशासनको बलियो साथ रहेको स्रोत बताउँछ ।गमरियास्थित घरमै गोदाम खोलेका उनले ठाडीदेखि बरियारपट्टीसम्म दशगज्जामै कानुनविपरित सञ्चालित होटलहरूमार्फत बिष्णुले सहजै रूपमा मदिरा भारत तस्करी गर्दै आएको बताइन्छ ।बताइएअनुसार विष्णुले नाकामा तैनाथ सशस्त्र प्रहरी प्रमुखलाई १ लाख, नवराजपुर प्रहरी चौकीलाई ५० हजार, इलाका प्रहरी कार्यालय लक्ष्मिपुर पतारीलाई ३० हजार, महेशबारी र भगबानपुर चौकी क्रमशः २५ र १५ हजार रूपैयाँ मासिक बुझाउँदै आएकाछन् ।
त्यसैगरी, ठाडीस्थित सशस्त्रको स्काउट डिएसपीलाई मासिक ५० हजार, ठाडीस्थित प्रहरी चौकीलाई ५० र ठाडी भन्सार प्रमुखलाई १ लाख रूपैयाँ बुझाउँदै आएकाछन् ।
त्यस्तै, बताइएअनुसार बिष्णुले इलाका प्रहरी कार्यालय, लहानलाई मासिक १ लाख रूपैयाँ, लहानस्थित एपिएफ डिएसपीलाई मासिक ५० हजार रूपैयाँ बुझाउँदै आएकाछन् ।
त्यस्तै, जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखहरूलाई मासिक २ लाखका दरले बुझाइरहँदा बिष्णुले अनुसन्धान प्रमुखलाईचाहीँ १ लाख रूपैयाँ बुझाईरहेको बिश्वस्त स्रोतले जानकारी दियो ।
उता, प्रमुख जिल्ला अधिकारीलाई १ लाख रूपैयाँ मासिक बुझाउँदै आएका बिष्णुले नेपाल प्रहरीका डिआईजी र सशस्त्र प्रहरीको डिआईजीलाई क्रमशः मासिक २ लाख रूपैयाँका दरले बुझाउँदै आएका छन् ।
प्रहरी प्रशासनलाई दामासाही रकम बुझाएर खुल्लामखुल्ला मदिरा तस्करीमा सक्रिय बिष्णुले कस्मेटिक सामाग्रीहरू पनि भारततर्फ तस्करी गर्दै आएका छन् ।
दैनिक ५० लाख रूपैयाँ बराबरको मदिरा भारतको बिहार तस्करी गर्दै आएका बिष्णु नै यस्ता तस्कर हुन्, कतिपय प्रहरी प्रशासन सम्बद्वहरू महिनाबारी रकम बुझ्न घरमै जाने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]