१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

सिआइबीले सामाजिक सञ्जालमार्फत ठगीका घटना बढेको भन्दै सम्पूर्णलाई सचेत रहन अपिल

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

काठमाडौं । सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने क्रम बढेको उजुरी आएको बताए ।

सामाजिक सन्जालमार्फत बैंकको रकमसमेत झिक्ने गरिएको उजुरीमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने र ठग्ने गरेको उजुरीमा उल्लेख छ ।

‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्दै आइरहेकोमा हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईंको खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

ह्याकरले गोप्य विवरण लिएर नक्कली वा चोरीको नागरिकताको दुरूपयोग गरी सीम निकालेर र बैंक खाता खोलेर रकम निकाली ठगी गर्ने गरेको सिआइबीले जनाएको छ ।

शंकास्पद नम्बरबाट फोन आएमा आफ्नो विवरण नदिन पनि सिआइबीले सबैमा अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]