१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

शनिबारको राशिफल यस प्रकारको रहेकोे छ

Logo
ABC-Sanchar प्रकाशित शनिबार, कार्तिक २४, २०८१

 

दाङ । तुल्सीपुरबाट मेष राशि -उर्जा र आत्मवलले भरिपूर्ण भैएला । सामाजीक कार्यमा रुची वढ्ला आर्थिक सुधार हुनेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा भने अलिक ख्याल गर्नु पर्ला ।

बृष राशि – पुराना मित्रसंगको भेटघाटले मनमा हर्ष छाउला ।दिन प्रेमिल रहनेछ । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ । स्वास्थ्यमा भने सतर्क रहनुहोला ।

मिथुन राशि – नयाँ कार्यको सुभारम्भले मनमा हर्ष छाउला । व्यवसायिक सफलता मिल्ला ।आय अार्जनका श्रोतहरु बढ्नाले मन प्रसन्न रहला ।स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ ।

कर्कट राशि -आर्थिक मामिलामा भने स्थिरता आउला ।सामान्य चोटपटको भए रहेको छ सतर्क रहनुहोला ।उमङ्ग उत्साहमा कमी आउला । कार्यमा केहीँ ढिला सु्स्ति होला । खर्च वढ्नेछ ।

सिंह राशि – आर्थिक सुधार हुनेछ ।हर्ष चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ ।विशिष्ट व्यक्ति संगको भेटघाटले मन प्रसन्न रहला । पारिवारीक सुख प्राप्त हुनेछ ।

कन्या राशि – स्वास्थ्यमा धन खर्च होला । फजुल खर्चले मनमा चिन्ता वढ्ला ।वैदेशिक कार्यले भने तिव्रता पाउनेछ । पारिवारी सुख प्राप्त होला । खानपानमा भने अलिक ध्यान दिनु पर्नेछ ।

तुला राशि – नयाँ कार्यका योजनाहरु बन्नेछन् । आर्थिक मामिलामा सोचविचार गरेर मात्र अगाडि वढ्नुहोला ।चन्चलता वढ्नाले काममा बाधा उत्पन्न होला । वोल्दा अलिक ख्याल गर्नु होला ।

बृश्चिक राशि – आर्थिक एवं व्यवसायिक पक्षमा स्थिरता छाउला । पारिवारीक सुख प्राप्त होला ।धार्मिक एवं सास्कृतिक कार्यमा सहभागि भैएला ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।

धनु राशि – शुभ समाचारले मनमा हर्ष छाउला ।कलाकारिता क्षेत्रमा रुचि वढ्नेछ दैनिक कार्यमा सफलता मिल्नेछ ।तपाईको लगनशिलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ ।पारिवारीक स्नेहले मनमा आन्नद उत्पन्न हुनेछ ।

मकर राशि – व्यवसायिक जीवनमा केही चुनौतिको सामना गर्नुपर्ला ।कार्यमा केहि चुनौति रहन सक्छ तर अग्रजको साथले सहजै सम्पन्न हुनेछ ।वैदेशिक क्षेत्रका अधुरा कार्यहरु अगाडि वढ्नेछन् ।व्यवसायले विस्तारै गति लिनेछ ।

कुम्भ राशि – पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायिक सफलता मिल्नेछ । चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछन् ।मन प्रसन्न रहला । महिला वा दिदीवहिनीको सहयोगले कार्यमा सहजता छाउला ।

मिन राशि -आफूलाई कमजोर भएको महशुस हुनेछ। फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ ।महत्वूर्ण कार्यमा व्यवधान आईपर्ला । नाक कान घाँटिको समस्या वढन सक्छ ख्याल गर्नु होला ।अलिक आत्मवल वढाएर कार्य गर्दा सफलता मिल्नेछ ।

वास्तु टिप्स –
बच्चाको सयन कक्ष जहिले पनि पूर्व उत्तर वा उत्तर दिशामा निर्माण गर्नुपर्छ ।यदी सन्तानलाई पश्चिम दक्षिण दिशाको कोठामा बिर्सेर पनि सुत्ने कोठा बनायौ भने वुवा आमाले भनेको नमान्ने जिद्दि एवं अटेरी स्वभाव बच्चामा बढ्दै जान्छ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]