१७ मंसिर २०८१, सोमबार
02-12-2024 , Mon
×

गोरु तस्करी जारी कपिलवस्तुमा गाईगोरुलाई निर्दयी तरिकाले बाँधेर ओसारपसार गर्ने ट्रक चालक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक २४, २०८१

 

कपिलवस्तु । चन्द्रौटा कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका-७ जवाभारीबाट बारा निजगढ नगरपालिका-४ घर भएका २६ वर्षीय ट्रक चालक कमल धामी शुक्रबार ५ बजे पक्राउ परेका हुन् ।

उनले २१ वटा गोरुका पुच्छर ट्रकको छतमा डोरीले बाँधेका थिए भने नाक पनि डोरीले छेडेर बाँधेका थिए । त्यस्तै गोरुलाई खुट्टा बाँधेर पल्टाएका थिए । प्रहरीका अनुसार ना६ख ३७०८ नम्बरको ट्रक पूरै त्रिपालले ढाकेर सास फेर्नसमेत गाह्रो बनाएर एक ठाउँबाट अर्को ठाउँमा गोरु ओसारपसार गर्दा उनी पक्राउ परेका हुन् । क्रुर यातना दिई मापदण्ड विपरीत पशुप्रति निर्दयी व्यवहार गरेको पाइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीले बताए ।

घटना पश्चात सबै गोरुको डोरी काटेर जवाभारीको वनमा छाडिएको छ । अमानवीय काम गर्ने सवारी चालक धामी र सवारीसाधन नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० (पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने) को (१) बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो। मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ। उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत […]

काठमाडौं । मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ । जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको यस भ्रमणको […]

काठमाडौं । उपमहानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा( का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर […]

error: Content is protected !!