१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

प्युठान जिल्लाको तिराम लामपोखराको ऐतिहासिक पञ्चमी मेला भब्यताको साथमा सम्पन्न

Logo
बिदुर एमसी प्रकाशित शनिबार, कार्तिक २४, २०८१

 

दाङ । भालुवाङ प्युठान जिल्लाको पश्चिमी सिमामा अवस्थित तिरामको लामपोखरा मेला बुधबार सम्पन्न भएको छ । तिहारको पञ्चमी तिथिमा याे मेला लाग्दछ । बि सं २०२६/ २७ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य एवं तिरामका समाजसेवी गिरिराज शर्मा घिमिरेले मेलाको शुरुआत गरेको स्थानीय सरकार प्रमुख तथा माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी बताउँछन् । अधिकारीका अनुसार कुनै समय मेलामा ७०/ ७५ नाचहरु आउँथे । तर अहिले त्यो संख्या घटेको भए तापनि स्थानीय सरकारले यसमा पहल गरेका कारणले अब फ़ेरि त्यो नाचको संख्या वृद्धि भएकोमा उनलेे खुशी व्यक्त गरे ।

ऐतिहासिक महत्त्व बोकेको तिराम लामपोखराको मेला परापूर्व कालदेखि चल्दै आएको र हालका दिनहरुमा यसको मौलिकता हराएको जस्तो लाग्न थालेको हो कि भन्नेमा स्थानीय तिराम खरिवाङ निवासी बिष्णु मगरले बताएका छन् । भए तापनि प्युठान र दाङबाट यश मेलामा मनग्गे मानिस आएर रमाइलो गर्ने गरेको बिष्णुकाे भनाइ छ ।

चारैतिर मनोरम हरियाली सल्लेरीको वन । जताततै अग्लाअग्ला पहाडी लेक चुचुराहरु । स्वर्गजस्तै छ, तिराम लामपोखरा । नजिकै माण्डवी गाउँपालिका वडा नम्बर १, काे कार्यालय भवन पनि त्यहीँ छ । यस्तो ठाउँमा ऐतिहासिक मेला लाग्नु अझै सुनमा सुगन्ध हुन्छ । चाहे केटाकेटी, चाहे तरुनी तन्नेरी, चाहे बूढाबूढी । सबै उमेरका, जातजाति र समुदायका मानिसहरु मेलामा सहभागी भएर भरपूर रमाइलो गरेका देखिन्थे ।

पहिले रातिको समयमा लाग्ने याे मेला विगतको दसवर्षे द्वन्द्व र अन्य व्यवहारिक कारणले लाेप हुन लागेको थियो । याे ऐतिहासिक मेला देशमा गणतन्त्रको प्राप्तिपश्चात् दिनमा आयोजना गर्नुपरेको र त्यसपछि यसमा निकै आकर्षण बढेको वडा नम्बर १ का वडाध्यक्ष बामबहादुर बूढामगरले स्पष्ट पारे ।

दाङ जिल्लामा प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित बंगलाचुलीशीत सिमाना जोडिएको प्युठान जिल्लाकाे तिराम लामपाेखरामा लाग्ने तिहारकाे पञ्चमी मेला अपेक्षा गरेजति यसको प्रचारप्रसार हुन नसकेको सहभागी वयोवृद्ध नागरिकको गुनासो छ ।

यहाँ निकै आकर्षण गर्ने मारुनी, साेरठी र झाम्रे नाच । अनि त्यसमा रौनकता थप्ने हुटिङहरु पनि कम्ता छैनन् । स्थानीय जनप्रतिनिधि सहित अनेकौं वर्ग समुदायका मानिसहरु मेलामा आउँछन् । स्थानीय उत्पादनको सहभागिता साथै अन्यत्रबाट जाने व्यवसायीको मेलामा देखिन्छन् ।

छिमेकी दाङ जिल्लाको बंगलाचुलीसितै सिमा जोडिएको भएर पनि ऐतिहासिक महत्त्व बोकेको थाम्काडाँडाको उत्तिकै ऐतिहासिक महत्त्व रहेको र त्यससम्बन्धी पृष्ठभूमिमा लाग्ने मेला आफैंमा गौरवको कुरा भएकोमा स्थानीय पालिकाका सूचना अधिकारी तुफान बाबु अधिकारीले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]