०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

कोशी प्रदेशका पूर्व कानुनमन्त्री लिलाबल्लभ अधिकारीको पश्चात्ताप,‘एम्बुसमा परेँ’ म

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक २६, २०८१

 

काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान थालेको छ ।

प्रहरीले यसअघि ६ जनालाई पक्राउ गरेर लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो । पूर्वमन्त्री पक्राउ परेसँगै सो मुद्दा प्रहरीले मानव बेचबिखनमा पनि रुपान्तरण गरेको छ । पूर्वमन्त्री अधिकारी अर्काको खर्चमा जापान गएको देखिएको र ३ जनासँग बिचौलियाले रकम पनि लिएको पुष्टि भएपछि प्रहरीले आफ्नै प्रतिवेदनको आधारमा मुद्दा रुपान्तरण गरेको हो । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी प्रतिवेदनको आधारमा लिखत किर्तेसँगै मानव बेचबिखन मुद्दा पनि यसमा जोडेर अनुसन्धान थालेका छौँ ।’

कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका हुन् । सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटालाई बस्ने व्यवस्था एउटै होटलमा गरेको भेटिएको छ ।’

टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् ।

दावा शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङ्गको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान दावाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार डिपोजिट गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कञ्चन देवकोटा विद्यार्थी हुन् । बिएमा पढ्दै गरेका उनले जापान जान खोज्दा धादिङका महेश पाण्डेलाई भेटेको प्रहरीलाई बताएका छन् । देवकोटाले जापान जान १० लाख बुझाएको भेटिएको छ । कार्तिक १४ मा डिपोर्ट भएर फर्केपछि उनीहरु काठमाडौँ विमानस्थलमा पक्राउ परेका हुन् ।

जनक राई यसअघि कपनमा फार्म हाउस चलाउँथे । फार्म हाउस चल्न छाडेपछि बेचेर उनी बिचौलियालाई रकम बुझाएर जापान हिँडेका हुन् ।

जापानबाट फिर्ता भएका शेर्पाले खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाएको भेटिएको छ ।

जापान पठाउने ‘गिरोह’ले नै फर्जी कागजात बनाएर उनीहरु उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । उनले भने, ‘गिरोहका सदस्यले विमानस्थलमा कञ्चन देवकोटालाई ३ वटा परिचयपत्र दिएको देखिन्छ ।’ सो परिचयपत्र देवकोटाले अरु दुईजनालाई हस्तान्तरण गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

error: Content is protected !!