२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

विद्यार्थीहरुले आफ्नै क्रियाशीलतामा चलचित्र अ प्लेस अण्डर द सन् सार्वजनिक

Logo
बिदुर एमसी प्रकाशित शनिबार, मंसिर ०८, २०८१

 

काठमाडौं । विश्व चर्चित भिडियो अमेजन प्राइमले सार्वजनिक गरेको नेपाली नयाँ चलचित्र नेपाली माध्यमहरुमा पनि सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर ओस्कार डिजिटल प्रविधिको प्रयोग गरेर हालसालै सार्वजनिक गरिएको साे चलचित्रमा शेट्टी नाममा भिलेनकाे भूमिका निर्वाह गरेका प्रवेश महतारा क्षेत्रीले बताएका छन् ।चलचित्रको नाम अंग्रेजीमा अ प्लेस अण्डर द सन भए तापनि परिदृष्यमा चलचित्रकाे कथावस्तुले नेपाली जनजीवनका यथार्थ पाटाेलाई उजागर गरेको छ । चलचित्र विषयको अध्ययन अध्यापन गराउने राजधानी काठमाडौँकाे फिल्म ईन्टरनेशनल कलेजमा अध्ययनरत दसजना विद्यार्थीहरुले आफ्नै सामान्य लगानी र क्रियाशीलतामा चलचित्र निर्माण भएको हाे । आइफोनका सहायताले चलचित्रका दृष्यहरु कैद गरिएका छन् ।

प्युठान जिल्लाको प्युठान नगरपालिका ८, खप्रेङखाेला — बाइँखोलामा जन्मिएका २८ वर्षीय प्रवेश महतारा क्षेत्रीले शेट्टी नाममा साे चलचित्रमा भिलेन अथवा गुण्डाकाे भूमिका गरेको देखिन्छ । बेगम बहादुर महतारा र हेमन्ता कुमारी थापा महताराका छाेरा प्रवेश महताराले यसभन्दा पहिले पनि विभिन्न विदेशी निर्देशकहरुले निर्देशन गरेका तीनवटा चलचित्रहरुमा आफ्नो बेजोड अभिनय प्रस्तुत गरिसकेका छन् ।

चलचित्रको प्रेमियर विगत केही महिना अघि गरिएको थियो । प्रेमियरमा चलचित्रको अत्यन्तै प्रशंसा प्राप्त गरेको छ । दर्शकहरु माझ एकदमै पृथक अनि राेमाञ्चक दृष्यहरु पस्किन सफल उक्त चलचित्रमा देश र विदेशका विभिन्न सञ्चारमाध्यमहरुबाट पनि उत्तिकै साथ सहयोग प्राप्त भएको बताइन्छ । चलचित्रले सबै क्षेत्रबाट अत्यन्तै प्रशंसा बटुल्न सफल देखिन्छ ।

जेशन लोप्चनले चलचित्रको कथावस्तु लेखन तथा निर्देशन गरेका छन् । त्यस्तै प्रवीण लिम्बूले त्यसको छायांकन गरेका हुन् । अबभने उक्त चलचित्र अ प्लेस अण्डर द सन आरामसित घरमै बसेर हेर्न र भरपूर मनाेरञ्जन लिन सकिने भएको छ ।

चलचित्रमा सञ्जु पात्रमा बिप्लव गाउँले, बाबुमा मीन घालान, मुस्कानमा मिरा गुरुङ, समाचारदातामा सन्तोष मिजारले भूमिका निभाएका छन् । त्यसैगरी मणि पात्रको रूपमा प्रजन पौडेल, अमीरमा अन्शु शर्मा र गोलेको भूमिकामा रिजन श्रेष्ठले आआफ्नो कला प्रदर्शन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!