१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

विद्यार्थीहरुले आफ्नै क्रियाशीलतामा चलचित्र अ प्लेस अण्डर द सन् सार्वजनिक

Logo
बिदुर एमसी प्रकाशित शनिबार, मंसिर ०८, २०८१

 

काठमाडौं । विश्व चर्चित भिडियो अमेजन प्राइमले सार्वजनिक गरेको नेपाली नयाँ चलचित्र नेपाली माध्यमहरुमा पनि सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर ओस्कार डिजिटल प्रविधिको प्रयोग गरेर हालसालै सार्वजनिक गरिएको साे चलचित्रमा शेट्टी नाममा भिलेनकाे भूमिका निर्वाह गरेका प्रवेश महतारा क्षेत्रीले बताएका छन् ।चलचित्रको नाम अंग्रेजीमा अ प्लेस अण्डर द सन भए तापनि परिदृष्यमा चलचित्रकाे कथावस्तुले नेपाली जनजीवनका यथार्थ पाटाेलाई उजागर गरेको छ । चलचित्र विषयको अध्ययन अध्यापन गराउने राजधानी काठमाडौँकाे फिल्म ईन्टरनेशनल कलेजमा अध्ययनरत दसजना विद्यार्थीहरुले आफ्नै सामान्य लगानी र क्रियाशीलतामा चलचित्र निर्माण भएको हाे । आइफोनका सहायताले चलचित्रका दृष्यहरु कैद गरिएका छन् ।

प्युठान जिल्लाको प्युठान नगरपालिका ८, खप्रेङखाेला — बाइँखोलामा जन्मिएका २८ वर्षीय प्रवेश महतारा क्षेत्रीले शेट्टी नाममा साे चलचित्रमा भिलेन अथवा गुण्डाकाे भूमिका गरेको देखिन्छ । बेगम बहादुर महतारा र हेमन्ता कुमारी थापा महताराका छाेरा प्रवेश महताराले यसभन्दा पहिले पनि विभिन्न विदेशी निर्देशकहरुले निर्देशन गरेका तीनवटा चलचित्रहरुमा आफ्नो बेजोड अभिनय प्रस्तुत गरिसकेका छन् ।

चलचित्रको प्रेमियर विगत केही महिना अघि गरिएको थियो । प्रेमियरमा चलचित्रको अत्यन्तै प्रशंसा प्राप्त गरेको छ । दर्शकहरु माझ एकदमै पृथक अनि राेमाञ्चक दृष्यहरु पस्किन सफल उक्त चलचित्रमा देश र विदेशका विभिन्न सञ्चारमाध्यमहरुबाट पनि उत्तिकै साथ सहयोग प्राप्त भएको बताइन्छ । चलचित्रले सबै क्षेत्रबाट अत्यन्तै प्रशंसा बटुल्न सफल देखिन्छ ।

जेशन लोप्चनले चलचित्रको कथावस्तु लेखन तथा निर्देशन गरेका छन् । त्यस्तै प्रवीण लिम्बूले त्यसको छायांकन गरेका हुन् । अबभने उक्त चलचित्र अ प्लेस अण्डर द सन आरामसित घरमै बसेर हेर्न र भरपूर मनाेरञ्जन लिन सकिने भएको छ ।

चलचित्रमा सञ्जु पात्रमा बिप्लव गाउँले, बाबुमा मीन घालान, मुस्कानमा मिरा गुरुङ, समाचारदातामा सन्तोष मिजारले भूमिका निभाएका छन् । त्यसैगरी मणि पात्रको रूपमा प्रजन पौडेल, अमीरमा अन्शु शर्मा र गोलेको भूमिकामा रिजन श्रेष्ठले आआफ्नो कला प्रदर्शन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!