२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गुल्मीमा बेवारिसे भेटिएका ३ शवको अझै खुलेन पहिचान

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

  • अनिल खत्री

 कार्तिक १९,गुल्मी । चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचाहन हुन सकेको छैन् । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएपी) मिनबहादुर घलेले बताउनु भयो ।

बेवारिसे अबस्थामा भेटिएका शबहरुको ४ दिन बित्दा समेत पहिचाहन नहुँदा प्रहरीलाई थप अनुसन्धान गर्न समेत समस्या परेको छ । भेटिएका शबको टाउकोमा गम्भीर चोटहरु देखिएको र घटनास्थल नजिकै हेम्बर (घन) भेटिएको प्रहरीले जनाएको छ ।

फेला परेका ३ वटै शबलाई पोष्ट मार्टम पछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले शब पहिचाहनको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरिए पनि अहिलेसम्म कहिबाट पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बेवारिसे अबस्थामा फेला परेको शबको पहिचाहन र घटना बारे अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ । भेटिएका शबको महिला अन्दाजी २८ र २९ बर्षकी गहुँ गोरी अन्दाजी पाँच फिट उचाई रहेको छ ।

महिलाको कपाल कालो र खैरो भएको, निलो टप्स लगाएकी, कालो सुईटर, बायाँ हातमा सुनको बाला लगाएकी, दाहिने खुट्टामा चाँदीको पाउजु लगाएकी, दाहिने हातमा घडी बाँधेकी दुई खुट्टाको माईली औलामा चाँदीको औठी लगाएकी नाकमा नथिया लगाएको अबस्थामा महिलाको शब फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै अन्दाजी ७ र ८ बर्षकी गहुँ गोरी अन्दाजी ३ फिट उचाई भएकी बालिका, निलो जिन्स पाईन्ट लगाएकी हरियो फुल टिशर्ट र कालो जुत्ता लगाएकी र अर्की अन्दाजी ८ र ९ बर्षकी अन्दाजी ३ फिट जति उचाई भएकि, निलो जिन्स पाईन्ट लगाकी, निलोमा रातो धर्का भएको ट्रयाकसुट भित्र रातो टिसर्ट लगाएकी, रातो जुत्ता लगाएकी बालिकाको शब फेला परेको प्रहरी नायव उपरिक्षक (डिएसपी) घलेले बताउनु भयो ।

उनीहरुको अनुहार मंगोलियन रहेको छ । शब पहिचाहन र पोष्टमार्टमको रिर्पोट पछि मात्रै कारण खुल्ने घलेको भनाई छ । कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बाकिाको शब फेला परेको थियो ।

शब फेला परेको स्थान जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ घण्टा पछि मात्रै पुग्न सकिन्छ । घटना भएको स्थान नजिकै बाग्लुङ जिल्ला पर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!