०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

गुल्मीमा बेवारिसे भेटिएका ३ शवको अझै खुलेन पहिचान

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

  • अनिल खत्री

 कार्तिक १९,गुल्मी । चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचाहन हुन सकेको छैन् । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएपी) मिनबहादुर घलेले बताउनु भयो ।

बेवारिसे अबस्थामा भेटिएका शबहरुको ४ दिन बित्दा समेत पहिचाहन नहुँदा प्रहरीलाई थप अनुसन्धान गर्न समेत समस्या परेको छ । भेटिएका शबको टाउकोमा गम्भीर चोटहरु देखिएको र घटनास्थल नजिकै हेम्बर (घन) भेटिएको प्रहरीले जनाएको छ ।

फेला परेका ३ वटै शबलाई पोष्ट मार्टम पछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले शब पहिचाहनको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरिए पनि अहिलेसम्म कहिबाट पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बेवारिसे अबस्थामा फेला परेको शबको पहिचाहन र घटना बारे अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ । भेटिएका शबको महिला अन्दाजी २८ र २९ बर्षकी गहुँ गोरी अन्दाजी पाँच फिट उचाई रहेको छ ।

महिलाको कपाल कालो र खैरो भएको, निलो टप्स लगाएकी, कालो सुईटर, बायाँ हातमा सुनको बाला लगाएकी, दाहिने खुट्टामा चाँदीको पाउजु लगाएकी, दाहिने हातमा घडी बाँधेकी दुई खुट्टाको माईली औलामा चाँदीको औठी लगाएकी नाकमा नथिया लगाएको अबस्थामा महिलाको शब फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै अन्दाजी ७ र ८ बर्षकी गहुँ गोरी अन्दाजी ३ फिट उचाई भएकी बालिका, निलो जिन्स पाईन्ट लगाएकी हरियो फुल टिशर्ट र कालो जुत्ता लगाएकी र अर्की अन्दाजी ८ र ९ बर्षकी अन्दाजी ३ फिट जति उचाई भएकि, निलो जिन्स पाईन्ट लगाकी, निलोमा रातो धर्का भएको ट्रयाकसुट भित्र रातो टिसर्ट लगाएकी, रातो जुत्ता लगाएकी बालिकाको शब फेला परेको प्रहरी नायव उपरिक्षक (डिएसपी) घलेले बताउनु भयो ।

उनीहरुको अनुहार मंगोलियन रहेको छ । शब पहिचाहन र पोष्टमार्टमको रिर्पोट पछि मात्रै कारण खुल्ने घलेको भनाई छ । कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बाकिाको शब फेला परेको थियो ।

शब फेला परेको स्थान जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ घण्टा पछि मात्रै पुग्न सकिन्छ । घटना भएको स्थान नजिकै बाग्लुङ जिल्ला पर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!