२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिहीबारको राशिफल,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर २७, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा नयाँ योजनाहरु बन्नेछन् । भविष्यको लागि सोचनिय भैएला ।अध्ययनमा मन जाला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान्।व्यवसायमा सफलता मिल्ला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।नजिकका व्यक्तिले खुट्टा तान्नेछन् ।

बृष राशि – व्यवसायिक सफलता मिल्नेछ ।अधुरा कार्यहरु सुचारु होलान् ।प्रेम सम्बन्धमा मिठास छाउला ।मिष्ठान्न भोजन प्राप्त होला ।सामाजीक धार्मिक क्षेत्रमा रुची बढ्नेछ ।प्रतिस्पर्दामा सफल भैएला ।योजना अनुसार काम बन्नले मन प्रसन्न हुनेछ।स्वास्थ्यमा भने ख्याल राख्नुपर्नेछ ।

मिथुन राशि -आज दिन मध्ययम फलदायि राहला । मित्र वा आफन्तसंग भेटघाटमा समय व्यतित हुनेछ ।पूराना समस्याहरु सुल्झाउन लागि पर्दा सफलता मिल्नेछ । विद्यार्थीको लागि आज मध्ययम फलदयि दिन रहेको छ । जीवन साथीसंग तालमेल गरेर अगाडि बढ्दा शुभ होला ।स्वास्थ्य मध्यमम रहला खानपानमा ख्याल गर्नुहोला ।

कर्कट राशि – वैदेशिक कार्यमा शिक्षामा लगाएको लगानिेले सकारात्मक फल प्राप्त हुनेछ ।प्रेमि प्रेमिका विच सुमधुर सम्वन्ध कायम रहला । स्वास्थ्यमा विशेष ख्याल राख्नु होला ।पतिपत्निमा भने सुमधुर सम्बन्ध हुनेछ । लापरवाह वानिले दुख दिन सक्नेछ ।

सिह राशि -स्वास्थ्य अनुकुल हुनेछ ।जीवन साथीको सहयोगले सहजता होला ।कार्यक्षेत्रमा ज्ञान एवं लगनशिलताको प्रसंसा वढ्नेछ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।मनका विकारहरु हट्नेछन् ।पुराना मित्रसंगको मिलनले मन प्रसन्न रहला । ईर्ष्या गर्ने स्वभाव छाड्दा उचित हुनेछ ।

कन्या राशि -धर्मकर्म भन्दा भौि बिलासितामा मन भुल्नेछ ।कार्यक्षेत्रमा भने संन्जित धन प्राप्त होला ।आर्थिक कारोवार बलियो हुनेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नाले मन हर्षित् होला ।व्यवसायमा नयाँ कार्यहरु हात लाग्नेछन् ।साथिभाईको पूर्ण साथ मिल्नेछ ।अनावश्यक वादविवाद बाट बच्नुहोला ।

तुला राशि -ईच्छाईएका कार्यहरु सिद्द हुनेछन् ।प्रेम सम्बन्धमा सुमधुरता छाउला ।धार्मिक कार्यमा रुचि वढ्ला ।धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।

वृश्चिक राशि -कार्यक्षेत्रमा पद प्रतिष्ठा प्राप्त होला ।मित्रहरुको साथ भने पाईने छैन ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता होला ।पारिवारीक सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।

धनु राशि -पारिवारीक रमाईलो जमघट होला ।व्यवसायमा लगानि थप्न उपर्यक्त रहेको छ ।कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।आर्थिक स्रोतहरु बढ्नेछन् ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जीवन साथीको साथ मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला । वैदेशिक कार्यको शुभ समाचार सुन्न पाईएला ।

मकर राशि – आर्थिक वा भौतिक प्रगति हुनेछ ।टाढाको मित्र मिलनको संयोग होला ।रोकिएका कार्यहरु पून:सुचारु हुनेछन् ।व्यवसायमा केहीँ सकारात्मकता हुनेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ धार्मिक एवं सामाजीक कार्यमा मन ।अरुको विश्वासमा पर्दा धोका प्राप्त हुनेछ ख्याल राख्नुहोला ।स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।

कुम्भ राशि- शुभ समाचारले मन प्रसन्न होला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला । शेयर मार्केटमा लाभ प्राप्त हुनेछ ।व्यवसायिक सफलता मिल्नेछ । शिक्षा क्षेत्रमा राम्रो प्रगति होला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । न्यायिक कार्यमा सफलता मिल्ला ।

मिन राशि – व्यवसायमा सोचेअनुरु लाभ नमिल्दा मनमा चिन्ता वढ्नेछ ।विद्यार्थीका लागि पर्तिस्पर्दामा सफलता मिल्ला ।जोश जाँगर वढ्नेछ । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला ।स्वास्थ्य सुधारोन्मुख होला ।उत्तरार्धमा धन खर्च होला । गाडिमोटर चलाउदा ख्याल राख्नु होला।दिन मध्ययम फलदायि रहला ।नोकरी वा पेशामा जिम्मेवारी वढ्नेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]