१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

गृहस्रोतका अनुसार दुर्गा सिंह चंन्द र भरत बहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने तयारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २७, २०८१

काठमाडौं । २१ मंसिरमा केदार ढकाल अनिवार्य अवकाशमा गए सगै  आज मंसिर २७ देखि  एआईजी भीमप्रसाद ढकाल अवकाशहुन लागेका हुन्।

मानव स्रोत विकास विभागका एआईजी भीम ढकाल र प्रदेश समन्वय विभागमा कार्यरत एआईजी केदार ढकाल उमेरहदकै कारण अवकाश हुन लागेका हुन्। केदार ढकाल  भने एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै अवकासमा गए । उनलाई मंसिर ६ गते एआईजीमा बढुवा गर्ने निर्णय भएको थियो।

गृहस्रोतका अनुसार —सिंह र बोहरालाई एआईजीमा बढुवा गर्ने तयारी—

ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने सरकारको तयारी छ।केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो।

ढकाल अवकाशमा जाने भएकाले उनलाई बढुवा दिन दुर्गा सिंह र कुवेर कडायत अगाडि भए पनि बढुवा भएका थिएनन।तर यसपटक सिंहलाई एआईजीमा बढुवा गर्ने तयारी छ। सिंह हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुख छिन्।

तर कडायत भने यसपटक पनि एआईजी बन्ने सम्भावना कम छ। अब रिक्त हुने एआईजीमा भरतबहादुर बोहरालाईबढुवा गर्ने तयारी छ। हाल उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका बोहरा पनि अवकाश हुन लागेका छन्। उमेरहदका कारण पुस १४ गते उनी अनिवार्य अवकाश हुनेछन्। उनी अवकाश भएपछि मात्रै कुवेर कडायतलाई एआईजीबनाउने सरकारको तयारी छ।

पुस १६ गते अर्को पनि एआईजीको दरबन्दी खाली हुनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरणबज्राचार्य पनि अनिवार्य अवकाश हुनेछिन्। बज्राचार्य र बोहरा अवकाश भएपछि फेरि कडायतसहित दुईजनाएआईजीमा बढुवा हुनेछन्।

प्रहरी महानिरीक्षक कुँवरले आफ्ना ब्याचीलाई सकेसम्म बढुवा गर्ने नीति लिएका छन्। यसअघि किरण राणा २ दिनकालागि एआईजी भएकी थिइन्। उनलाई अवकाश हुने अघिल्लो दिन मात्रै एआईजीमा बढुवा गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]