२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद अदालतले १४ दिन हिरासतमा राख्न आदेश,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर २८, २०८१

 

काठमाडौं । शुक्रबार बिहान उनको घरबाट पक्राउ गरिएका अल्लुलाई दिउँसो ४ बजे अदालतमा हाजिर उपस्थित गराइएको थियो । अल्लुमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा प्रहरीलाई पूर्वसूचना नदिई प्रिमियर समारोहमा सहभागी भएको आरोप छ । त्यसक्रममा भएको भीडमा भागदौड मच्चिंदा एक महिलाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।

यस घटनापछि प्रहरीले सन्ध्या थिएटरका सञ्चालक, अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गराएको थियो । यसैबीच, अभिनेता अल्लुले महिलाको मृत्युको मामिलामा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतमा अपील गरेका छन् ।

अल्लु अर्जुन र उनको टोलीले पनि ती महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए । अभिनेताले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुलाई भेटेका थिए । उनले २५ लाख रुपैयाँ सहयोग गर्ने वाचा पनि गरेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार अल्लु अर्जुनले आफ्नो गिरफ्तारीको शैलीप्रति आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा खान र लुगा फेर्न समेत नदिएको उनको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]