२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जना मानिस पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २९, २०८१

 

बाँके । नेपालगंज उप- महानगरपालिका वडा नं. १ पुष्पलाल चोक स्थित लागु औषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालय तथा लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखा बाट खटिएको संयुक्त प्रहरी टोलिले पुष्पलाल चोक स्थित सडक छेउमा हिडिरहेका निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई चेकजाँच तथा खाननतलासी गर्दा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ६१ को राजेन्द्र कुमार गोडियाले डौर्‍याई रहेको साईकलको हेण्डिलमा झुण्डयाई रहेको कालो रङको प्लास्टिक भित्र रहेको लुकाई छिपाई राखेको टिफ्फिनको बट्टा भित्र ३ वटा सेतो रंको प्लाष्टिकको प्याक बनाई राखेको प्लाष्टिक हटाई तौल गर्दा प्रतिवन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ शुद्द १५० ग्राम, साईकल थान १ र निजहरुले प्रयोग गर्ने गरेको मोबाईल सेट थान ३ समेत फेला पारी बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नेपालगंज बाँकेबाट थप अनुसन्धान कार्य भई रहेको
पक्राउ परेका व्यक्ती
 जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ६१ को राजेन्द्र कुमार गोडिया ।
 ऐ. वडा नं. ५ बस्ने वर्ष ३२ को यमुजीव खान ।
 ऐ. वडा नं. ८ बस्ने वर्ष २६ को मोहिद अन्सारी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]