२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको २० रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको बढुवाको तयारी को को छ्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २९, २०८१

काठमाडौं । सोमबार डीआईजीमा बढुवाभएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त दरबन्दीको संख्या २० पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रतिस्पर्धामा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका विमल बस्नेतदेखि २०५८ सालमा भर्ना भएको टोलीसम्म छन्।

२०५६ मा भर्ना भएका एसपीहरु गोविन्द अधिकारी, विनोद सिलबाल, विमलराज कँडेल, तुलबहादुरकार्की, राकेश सिंह र राजिव बस्नेत पनि मुध्य प्रतिस्पर्धामा छन् ।उनीबाहेक २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थुप्रै एसपी एसएसपीको प्रतिस्पर्धामा छन्।

यि ६ जना भने २०५६ सालमा भर्ना भएतापनि उनीहरु २०५८ कै टोलीसँगै एसपीमा बढुवा भएका थिए। वि.सं. ०५८ मा भर्ना भएका ८९ जना ५ लटमा एसपीमा बढुवा हुँदा २०७५ फागुन ३ गते पहिलो लटको बढुवामा ०५६ का अधिकारी, सिलवाल र कँडेलसँगै उनीहरु बढुवा भएका थिए।

२०५६ मा भर्ना भएका कार्की, सिंह र बस्नेत भने २०५८ को टोलीको दोस्रो लटमा २०७७ बैशाख महिनामा एसपी भएका थिए। यसैकारण, अहिले २०५६ र २०५८ कै टोलीबीच बढुवामा प्रतिस्पर्धा हुने स्पष्ट छ।

एसएसपीका प्रमुख दाबेदार को-को हुन् त ?

रिक्त एसएसपीका लागि सबैभन्दा बलियो दाबेदार २०५६ मा भर्ना भएका एसपीहरु गोविन्द अधिकारी, विनोद सिलबाल, विमलराज कँडेल, तुलबहादुर कार्की, राकेश सिंह र राजिव बस्नेत मुख्य प्रतिस्पर्धामा छन् ।

यस सगैं २०५८ सालमा भर्ना भएर पहिलो लटमै एसपी भएका १३ जना हुन्। यो टोलीका एसपीहरू रमेश थापा, नवराज अधिकारी ,प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, र वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन्। उनीहरू आफ्नै ब्याचको टोलीलाई छाडेर अघि बढेका हुन्।

यस्तै यही टोलीसँग २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर एसपी बढुवामा बिबिध कारणले पछि पारिएका २०७७ बैशाखमा एसपीमा बढुवा भएका प्रभु ढकाल,होमिन्द्र बोगटी, बेद बिष्ट, दयानिधी ज्ञवाली, सन्तोषसिंह राठौर, शान्तिराज कोइराला, सन्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, राजेन्द्रप्रसाद धमला लगायतका अन्य एसपी पनि प्रतिस्पर्धामा छन् । यस मध्य एसपी प्रभु ढकाल,होमिन्द्र बोगटी प्रहरी संगठन भित्रकाबिल अफिसरका रूपमा चिनिन्छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]