२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङमा दुई दिन भो पटक पटक लाइन जानाले व्यवसायमा समस्या,

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर ३०, २०८१

 

दाङ । यसरी दैनिक रुपमा एक्कासी लाइन जाने समस्याले गर्दा व्यवसायी तथा सर्वसाधारणहरु मर्कामा पर्दै आएका छन् । तेस्रो आँखाले एक हप्तामा लिएको डाटाअनुसार ४५ पटक लाइन काटिएको छ । एक पटक लाइन गएमा ५ सेकेन्डदेखि ३० मिनेटमा आउने गरेको छ ।

पटक पटक लाइन जानाले व्यवसायमा समस्या हुनुका साथै विद्युतीय मेसिनमा समेत खराबी आउने गरेको मुद्रण व्यवसायी संघका केन्द्रीय पूर्व सदस्य तथा बागेश्वरी प्रिन्टर्सका सञ्चालक हरिभक्त डाँगीले तेस्रो आँखालाई बताउनु भयो । उहाँले यसरी पटक पटक लाइन काट्नु भन्दा प्राधिकरणले तालिका निकालेर लोडसेडिङगरेमा आफुहरु ढुक्क भएर काम गर्न सक्ने बताउनु भयो ।

कुनै बेला भुरीगाउँ र कुनै बेला कुसुमबाट लाइन सञ्चालन भएको हुन्छ, भुरीगाउँबाट कुसुमको लाइन चलाउन स्वीच गर्दा बत्ति जान्छ’ उहाँले भन्नुभयो ‘दुई वटा लाइन एउटै ठाउँबाट चलाउने क्रममा लाइन सिफ्ट गर्दा यस्तो समस्या आएको छ ।’

उता सवस्टेशन कुसुमका प्रमुख ओपेन्द्र श्रेष्ठले लाइनको सन्तुलन मिलाउने काम विद्युत प्रणाली सञ्चालन विभाग काठमाडौंले गर्ने भएकाले कुसुममा समस्या नरहेको बताउनु भयो । उहाँकाअनुसार विद्युतको लोड मिलाउन नसक्दा सिस्टमनै जाने समस्या हुन्छ । त्यसैले लोड कन्ट्रोल गर्न विद्युत प्रणाली सञ्चालन विभागले लाइन काट्ने गरेको उहाँको भनाइ छ ।

उता विद्युत प्रणाली सञ्चालन विभागका एक कर्मचारीले जाडो समयमा दैनिक ३–४ पटकसम्म स्वीचङ हुँदा लाइन जाने गरेको बताउनु भयो । उहाँकाअनुसार इण्डिया र नेपालको सिस्टममा लोड मिलाउन लाइन स्वीच गर्नुपर्ने हुन्छ । इण्डियाबाट दैनिक एउटै किसिमको पावर नआउने भएकाले दैनिक ३० मिनेटदेखि ४ घण्टाको बिचमा पावरलाई सन्तुलन मिलाउनु पर्ने हुन्छ ।  ‘पावरलाई पूर्वको सिस्टममा लगाउने कि पश्चिमको सिस्टममा लाउने भन्ने हुन्छ । त्यसैले अहिले कुसुममा स्विचिङ भइरहेकाले लाइन जानेसमस्या देखिएको हो’ उहाँले भन्नुभयो । लाइन काटिने समस्या पूर्ण रुपमा हटाउन सकिदैन सकेसम्म आफूहरुले कम गर्दै आइरहेको उहाँको भनाइ छ । इण्डियाले धेरै पावरको लाइन दिएमा लमहीसम्म स्वीचिङ हुन्छ । आजभोलि कम पावर दिएकाले कुसुममा स्वीचिङ भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।