१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

नेपाल प्रहरीमा ३ प्रहरी नायव महानिरीक्षक डीआईजीको पद रिक्त प्रतिस्पर्धाहरु धेरै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष ०१, २०८१

 

काठमाडौं । ५६ वर्षे उमेर हद पुरा गरी अर्जुन चन्द आजबाट अवकाशमा गएसँगै डीआईजीको तीनवटा दरबन्दी रिक्त भएको हो । उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।

यसअघि २८ मंसिरमा डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका थिए । उनीहरुको स्थानमा पनि बढुवा गर्न बाँकी नै छ ।

तर, सरकारले तत्कालै डीआईजी बढुवाको प्रक्रिया अगाडि नबढाउने भएको छ । अबको १५ दिनपछि थप दुई पद रिक्त हुने भएकाले एकैसाथ ५ जना डीआईजी बढुवा गर्ने तयारी सरकारको छ ।

हालै मात्रै एआईजीमा सिफारिस भएका बोहरा १५ दिनपछि नै अवकाश हुनेछन् । काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्रचार्य पनि पुस १५ गतेदेखि अनिवार्य अवकाश हुनेछिन् । उनीहरु दुई जनाको अवकाशपछि हालका दुई डीआईजीहरु एआईजीमा बढुवा हुनेछन् ।

त्यसपछि रिक्त डीआईजीको संख्या ५ पुग्नेछ । अनि, एकसाथ ५ जना डीआईजीमा बढुवा गर्ने सरकारको तयारी छ । आकांक्षीहरु धेरै भएकाले कोटा थपिएपछि एकसाथ बढुवा गर्ने तयारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]