१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष ०२, २०८१

 

दाङ । राप्ती गाउँपालिका–३ बसन्तपुर निवासी १८ बर्षीय सोनु गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी ईश्वर थापाले जानकारी दिनुभयो । पहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुर्खेतबाट भैरहवा जादै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले राप्ती गाउँपालिका–२ लालमटिया कटेशनाला नजिकै पुर्वबाट पश्चिमतर्फ आउदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई हिजो सोमबार बेलुका साढे ६ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका गुरुङको भालुवाङ अस्पतालमा उपचारकै क्रममा ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालक रामेछापको सुनापति गाउँपालिका–५ का ४१ बर्षीय सोम तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]