१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बसहरु बिहीबारदेखि सञ्चालन आयो,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, पुष ०४, २०८१

लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बसहरु बिहीबारदेखि सञ्चालन आयो

लुकपिलवस्तु । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस आजदेखि सञ्चालनमा ल्याइएको हो ।

एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । अनुदान सहयोगमा पाँच बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई विसं २०७७ मंसिर ९ गते हस्तान्तरण गरेको थियो ।

यसअघि पर्यटक सेवाका लागि हरियो नम्बरप्लेट बनाउने कानुनी प्रावधान रहेकामा मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि सञ्चालनमा समस्या भएको थियो । दाताले दिएका सवारीसाधनलाई विकास कोषले आजदेखि परीक्षणका रूपमा दानपेटिका राखेर सञ्चालन गरिएको जनाएको छ ।

प्रतिनिधिसभाका सांसद वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, प्रदेशका सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बसको शुभारम्भ गरे । बुटवलबाट भैरहवा विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रूटमा बस सञ्चालन हुने जनाइएको छ । बस चढ्ने यात्रुले स्वेच्छिक रूपमा दानपेटिकामा रकम दिन सक्ने छन्।

बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस आगामी दिनमा निरन्तर सञ्चालन हुने बताए । उनले तत्काललाई दानपेटिकमार्फत सञ्चालनमा आएको सेवा आगामी दिनमा निश्चित खाका बनाएर सेवा प्रवाह गर्ने बताउँदै यसले पर्यटक तथा यात्री लाभान्वित हुने विश्वास व्यक्त गरे।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लामाले यसअघि कानुनी द्विविधाका कारण नियमित बस सञ्चालन गर्न नसकेको बताउँदै अब पनि कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनलाई आग्रह गरे । कोषका सदस्य–सचिव सानुराजा शाक्यले सेतो नम्बरप्लेटलाई हरियो नम्बरप्लेटमा रुपान्तरण गर्न नसक्दा सञ्चालनमा समस्या आएको बताउँदै आगामी दिनमा दीर्घकालीन रूपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गरे ।

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी सङ्घ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसअघि ती सवारीसाधन सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डीराज भट्टराईको संयोजकत्व तीन सदस्यीय कार्यदल बनाएर कार्यविधि तयार गरिएको थियो । सरकारी नम्बर प्लेटलाई हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् निर्णयलले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरिदिएको थियो ।

उक्त व्यवस्था समयमा कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकिएको कोषाध्यक्ष भट्टराईले बताए । यसअघि कोषले विसं २०७९ असोज १३ देखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रूपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । उक्त समयमा बौद्ध परिपथका क्षेत्रबाट २० हजार दुई सय ३६ यात्रीले निःशुल्क बसको सेवा लिएका कोषले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]