२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

प्रहरी सरुवा बढुवामा दबाब दिने प्रचलन बढ्दै नेतृत्व नै पेन्डुलम कार्वाही गर्ने चेतावनी आईजिपी : कुँवर

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष ०५, २०८१

 

काठमाडौं । नेपाल प्रहरीमा सरुवा बढुवामा दबाब दिने प्रचलन बढ्दै गएको छ। जसले गर्दा नेतृत्व नै पेन्डुलम बनिरहेको छ भने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन्।

त्यसकै कारण राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सर्कुलर जारी गराएका छन्।

प्रहरी महानिरीक्षकको सचिवालयबाट बुधबार जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी व्यक्तिगत स्वार्थपुर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहेन गरी भएका गैरव्यावसायिक क्रियाकलापहरूप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।

त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी महानिरीक्षक कुँवरले दिएका छन्।

केही महिनाअघि पनि प्रहरी महानिरीक्षक कुँवरले यस्तै परिपत्र जारी गराएका थिए। तर, कारबाही हुन नसक्दा चेन अफ कमाण्डविपरीतका गतिविधि रोकिएका छैनन्।

अहिले एआईजी, डीआईजी, एसएसपी बढुवा तथा सरुवामा व्यापक चलखेल भैरहेको बुझिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!