१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बोर्डरमा पत्रकार सुरेन्द्र कुमार दास ।

Logo
ABC-Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

 

नाम: सुरेन्द्र कुमार दास
ठेगाना: नवराजपुर गाउँपालिका वडा नं. १, भगवतीपुर, सिरहा
पेशा: पत्रकारिता
बुवा: रामनारायण दास
आमा: रामा देवी दास

सुरेन्द्र कुमार दास नेपाली पत्रकारितामा निडर र समर्पित नाम हो । उहाँले १० वर्षभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आउनुभएको छ । समाजमा व्याप्त बेथिति र अन्यायलाई उजागर गर्दै सत्य र तथ्यका पक्षमा लेख्न र बोल्न कहिल्यै पछि हट्नुभएको छैन ।

सुरेन्द्र दासको पत्रकारिता यात्राको सुरुवात नेपाल समाचारपत्र र राजधानी दैनिकजस्ता प्रमुख पत्रपत्रिकाबाट भएको हो । सीमावर्ती क्षेत्रका समस्याहरूलाई उठान गर्ने “बोडर विशेष रिपोर्टिङ” मा उहाँको नाम अग्रणी छ । सीमाक्षेत्रमा हुने अवैध गतिविधि, सामाजिक असमानता, र शासन प्रणालीका त्रुटिहरूलाई उजागर गर्दै उहाँले समाजमा परिवर्तन ल्याउन भूमिका खेल्नुभएको छ ।

हाल उहाँ पृतांक राष्ट्रिय दैनिक पत्रिकाका अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ । यो भूमिकामा रहँदा उहाँले समाजलाई सकारात्मक मार्गतर्फ लैजान सक्ने सामग्री निर्माण र प्रकाशनमा नेतृत्व गरिरहनुभएको छ ।

सुरेन्द्र दास आफ्नो कलमको माध्यमबाट सामाजिक परिवर्तनको आवाज बनेका छन् । पत्रकारितामा थुप्रै चुनौतीहरूसँग सामना गर्दा पनि उहाँ कहिल्यै विचलित हुनुभएन । चारैतिरबाट विरोध र दबाबका घेराबन्दीबीच पनि उहाँले आफ्नो पेसालाई निरन्तरता दिनुभएको छ । निडर र निष्पक्ष पत्रकारिताका लागि उहाँले थुप्रै जोखिम मोल्नुभएको छ ।

सुरेन्द्र कुमार दास जस्ता पत्रकारहरू समाज परिवर्तनका आधारस्तम्भ हुन् । उहाँको जीवन संघर्ष, साहस, र समर्पणले नेपाली पत्रकारितामा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]