१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

खाना खाने बित्तिकै चिया पिउँदा हुन्छ क्यान्सर,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

 

काठमाडौं । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् ।

कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन्। तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं ।

तपाईंलाई पनि खाना खाने बित्तिकै चिया पिउने बानी छ भने यसलाई तुरुन्तै परिवर्तन गर्नुहोस् । खाना खानेबित्तिकै चिया पिउने बानीले स्वास्थ्यमा असर पर्न सक्छ ।

खाना खाएपछि चिया पिउँदा पाचनतन्त्रमा नराम्रो असर पर्दछ । यस्तो नियमित गरिरहँदा भोजन सही ढंगले पच्न सक्दैन । जसले गर्दा एसिडिटी, ग्यास जस्ता समस्या हुन सक्छन् ।

खाना खाने बित्तिकै दुधको चिया पिउँदा शरीरमा बन्ने पाचक रसमा नराम्रो प्रभाव पर्छ ।

तपाईंलाई उच्च रक्तचापको समस्या छ भने भुलेर पनि खानापछि चिया नखानुहोस् । यसले रक्तचाप अझै बढ्ने सम्भावना हुन्छ ।

भोजन गरेको तुरुन्तै पछि चिया पिउँदा व्यक्तिलाई टाउको दुख्ने समस्या पनि हुन सक्छ । दिनभर तनाव महसुस हुनेछ ।

जसले गर्दा अनिद्राको समस्या पनि हुन सक्छ । तनावपूर्ण दिनपछि निद्रा नलाग्दा विस्तारै यसले शरीरमा अन्य शारीरिक तथा मानसिक समस्या पनि ल्याउन थाल्छ ।

भोजन गर्ने बित्तिकै चिया पिउँदा हाम्रो शरीरले जरुरी पोषक तत्व पाउँदैन । जसले गर्दा व्यक्तिको शरीरमा आइरनको कमी हुन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]