१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बारामा कार भित्र मृत्त भेटिएका प्रहरी कार्यालयका सहयोगी भएको प्रहरीको पुष्ठि,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

 

बारा । जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित सडक किनारमा कारमै मृत्त फेला परेका व्यक्ति प्रहरी कार्यालयका सहयोगी भएको खुलेको छ । सिमरा विमानस्थलस्थित प्रहरी युनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत भेटिएका हुन् ।

जितपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । अरूको कार लिएर रूम्बा शुक्रबार राति सिमराबाट लोसण्डा गाउँतिर गएका थिए । कारको ढोका खुलेको अवस्थामा शव भेटिएकोले हत्या हुनसक्ने अनुमान प्रहरीको छ ।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । जितपुरसिमरा उपमहानगर–१७ नयाँ बस्ती निवासी ४० वर्षीय रूम्बा एयरपोर्ट प्रहरीमा भान्छे थिए । शव वीरगञ्ज नारायणी अस्पतालमा लगिए पनि मृतकको परिवारका कारण शव पोस्टमार्टम हुनसकेको छैन । मृतकका परिवार, आफन्त र गाउँलेले नियोजित रूपमा हत्या गरिएको र प्रहरीले घटनामा संलग्न हुनेलाई पक्राउ गर्न नसकेको भन्दै इलाका प्रहरी घेराउ गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]