२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाजुरामा केन्द्रबिन्दु भएर शनिबार बिहान गएको भूकम्पबाट ३४ बटा घरमा क्षति,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

 

बाजुरा । भूकम्पबाट बुढीनन्दा नगरपालिका ४ र स्वामीकार्तिक खापर गाउँपालिकामा बढी क्षति भएको छ। यस्तै त्यहाँ रहेको एक विद्यालयमा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रूपक मण्डलले प्रशासनलाई जानकारी दिए ।

उनका अनुसार मानवीय क्षति भने भएको छैन । थप जानकारी लिने कार्य भइरहेको छ । ‘भूकम्पले मानवीय क्षति भएको छैन, पूर्ण रूपमा क्षति पुगेका घरका परिवारलाई नजिकै आफन्तको घरमा सुरक्षित रहन भनेका छौँ’, उनले भने ।

अहिले भूकम्पले कहाँ कति क्षति भएको छ, यसको विवरण संकलन गर्ने काम भइरहेको मण्डलले बताए । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र पीडितको सुरक्षाका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने योजना रहेको छ ।

बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर शनिवार बिहान ५.२ रेक्टरको भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]