१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

सिरहाको ठाडिबाट यसरी भैईरहेछ खुलेआम तस्करी नेपाल प्रहरी सशस्त्र प्रहरी बेखबर,

Logo
सुरेन्द्र दास प्रकाशित आइतबार, पुष ०७, २०८१

 

लहान । सिरहाको ठाडि क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे सेटिङ र संरक्षणमा व्यापक तस्करी भैरहेको छ। नेपालबाट चाइनिज लसुनकाे तस्करी यसै क्षेत्रकाे नाकाबाट तस्करी भैरहेको छ। नेपाल भित्रिएको चाइनिज लसुन ,फेयर लबली सुपारी स्याउ सुर्या चुरो, फेयर लबली पेस्ट , मटर मरिच सीमावर्ती क्षेत्रमा लगेर गाेदामहरूमा राख्ने र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई मिलाएर अनुकूल समयमा भारत तस्करी गर्ने काम ठाडी मातहतका नाकाबाट हुदै आएको छ । त्यसैगरी भारतीय क्षेत्रबाट चिनी , हार्डवेयर , काजु , बदाम कपडा लगायतका सामानहरूकाे ठूलो तस्करी चलिरहेको छ । यो क्षेत्रबाट दुबै प्रहरीले तस्करी गर्न लाइन दिएकाहरूमा महिला पुरुष तस्कर लगायतका छन् । एसपी हाजिर भए देखि नै तस्करी व्यापक हुन थालेको स्थानीय भनाई । त्यही कारण विगतमा जस्तो संगठित तस्करी भएको छ । तर लामो समयदेखि बसेका घुमुवा अनि टेण्डर हालेर राम्रो ठाउँमा सरूवा मिलाएर जाने प्रवृत्ति प्रहरीमा रहेको छ। त्यसको कारण पनि तस्करहरूले मातहतका थाना , चाैकी , इप्रका , बडा प्रहरी र तिनमा लामो समयदेखि कार्यरत घुमुवाहरूलाई मिलाएर खुलेयाम तस्करी गरिरहेका छन् । प्रहरी चौकी ठाडिका प्रमुखको रूपमा स्वरूप सुनिल चौधरी छन् । उनले आर्थिक काराेवारका लागि घुमुवा परिचालन गरेका छन् । काराेवारीहरूसंग भेट्ने र रकम उठाउने काम उनैले गर्दै आइरहेका छन् । घुमुवा लामो समयदेखि ठाडिमा झा कार्यरत छन् । यसअघि पनि घुमुवा बसेका उनी धेरै तस्कर तथा व्यापारीहरूबाट रकम असुली सक्रिय रहेका छन् ।
त्यसैगरी यहाँको तस्करीमा सशस्त्र प्रहरीको पनि पूर्ण रूपमा सेटिङ र संरक्षण रहेको छ। सशस्त्र प्रहरीको ठाडी स्थित प्रस्ताबित गुल्मका डिएसपी बाबुराम पौडेल पनि तस्करीमा पुरा साथ र सहयोग रहेको छ । यहाँको तस्करीको बिषयमा हाम्रो स्थानीय संवाददाताले प्रश्न गर्दा उनलेे तस्करी नभएको दाबी गरे । त्यसैगरी प्रहरीका घुमुवा
सशस्त्रका डिएसपीले तस्करी नभएको दावी गरेपनि सीमावर्ती क्षेत्रमा जाने जाेकाेहीले पनि देख्न सक्छ कि तस्करी कसरी भैरहेछ भन्ने कुरा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]